NewsWorld
PredictionsDigestsScorecardTimelinesArticles
NewsWorld
HomePredictionsDigestsScorecardTimelinesArticlesWorldTechnologyPoliticsBusiness
AI-powered predictive news aggregation© 2026 NewsWorld. All rights reserved.
Trending
IranMilitaryRegionalIranianStrikesCrisisGulfEuropeanTargetsStatesPowerMarchGovernmentTimelineOperationsNuclearIsraeliMarketsDigestDiplomaticCoalitionProtestsHormuzIsrael
IranMilitaryRegionalIranianStrikesCrisisGulfEuropeanTargetsStatesPowerMarchGovernmentTimelineOperationsNuclearIsraeliMarketsDigestDiplomaticCoalitionProtestsHormuzIsrael
All Articles
गाउँमा आइरहेका परिवर्तन र चुनावपछिको परिदृश्य
onlinekhabar.com
Published about 5 hours ago

गाउँमा आइरहेका परिवर्तन र चुनावपछिको परिदृश्य

onlinekhabar.com · Mar 2, 2026 · Collected from GDELT

Summary

Published: 20260302T124500Z

Full Article

News Summary Generated by OK AI. Editorially reviewed. लमजुङ र कास्कीका गाउँहरूमा सडक सञ्जाल विस्तार, ग्रामीण पर्यटन र कृषिमा स्थानीय सरकारको सक्रियता देखिएको छ। माछापुच्छ्रे गाउँपालिकामा पर्यटकका लागि होमस्टे र होटल सञ्चालन हुँदै, स्थानीयलाई रोजगारी प्राप्त भएको छ। आगामी निर्वाचनपछि नयाँ राजनीतिक नेतृत्व र सरकार गठन हुने सम्भावना छ, जसले देशको आर्थिक र सामाजिक विकासमा प्रभाव पार्नेछ। यसपटक लमजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिकाका केही गाउँहरू र कास्कीको माछापुच्छ्रे गाउँपालिकाको घलेल क्षेत्र घुम्दा गाउँहरूमा आइरहेका केही टड्कारा परिवर्तनहरू देख्ने अवसर मिल्यो। हामी केही साथीहरूको समूह मध्यनेपाल नगरपालिकाको रामबजार चिसङ्खु हुँदै डढुवा पुग्दा भिर र चट्टानहरू छिचोलेर धेरै ठाउँमा ढलान गरेर बनाइएको मोटरेबल बाटो प्रयोग गरियो। २०५० सालवरपर लमजुङका तत्कालीन नेता स्थिरबाबु घिमिरेको पहलमा जर्मन सहयोगमा बनेको हरित मार्गलाई विस्तार गरेर बनाइएको यो सडकले लमजुङको पश्चिम–उत्तर क्षेत्रमा पर्ने उच्च पहाडी भेगका लेकाली गुरुङ गाउँहरूलाई जोडेको रहेछ। त्यतिबेलै बेँसीसहरबाट घलेगाउँतिर उकालो लाग्ने गरी खन्न थालिएको अर्को हरित मार्ग पनि बागलुङपानी, घलेगाउँ, भुजुङ हुँदै साल्मेभञ्ज्याङमा यो सडकसँग मिसिन आइपुग्छ। डढुवा पुग्दा गाउँ धेरै नरित्तिएको, परम्परागत खेतीपाती र पेसा गरिरहेका किसानहरूको बस्ती भेटियो। मकैका सुली भएका आँगन, मोटाघाटा बाख्रापाठा, बाँझो नपल्टेका बारीका पाटाहरू। आफ्नो घरको पिँढीबाट बच्चैदेखि देखिरहे पनि जान नपाएको र जाने रहर लागेको गिलुङ पुग्दा परस्पर विपरीतजस्ता लाग्ने दुईवटा दृश्य देखिए। सिँढी छापिएको बाटो र आँगन भएका, ढुङ्गे छानो भएका गुरुङ बस्तीका घरहरू धेरै रित्ता–रित्ता थिए। एउटा आँगनमा सातु बनाउनका लागि मकै भुट्दै गरेकी ८४ वर्षे आमैसँग गफिँदै गर्दा वरपर एकाध मकैका सुली देखिए। गाउँ खाली हुँदै गएको र खेतबारी बाँझो हुन थालेकोमा दुःखी यी आमैको आँगनबाट पचास मिटरमाथि एउटा भव्य आधुनिक बङ्गला रहेछ। कुरा बुझ्दै जाँदा ब्रिटिस आर्मीका एक जना लाहुरेले विदेशमा बसेर कमाएको पैसा उमेर ढल्केपछि नेपाल फर्केर यो लगानी गरेका रहेछन्; होमस्टे वा होटलका रूपमा चलिरहेको। कोही गाउँ छाड्दै, कोही फर्कंदै गरेको दृश्यले हाम्रा गाउँघर खाली हुँदै गएकोमा खिन्न हुनेहरूका लागि एउटा आशावादी भविष्यको सङ्केत गर्छ। टक्सार पुग्दा पनि दृश्य फरक थिएन। एउटा आँगनमा पाँच–सात जना ६० प्लसका महिला तथा पुरुषहरू जम्मा भएर गफिँदै थिए। बाटोमा धेरै नै रित्ता घरहरू भेटिए। यी घरमुनिबाट साल्मेभञ्ज्याङसम्म सडक पिच भएको छ। गण्डकीका पूर्वमुख्यमन्त्री तथा एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङको घर पुग्दा एक जनाले घर रुङ्ने गरेको जस्तो बुझियो। विकास गाउँतिर, मान्छे सहरतिर भन्ने उखानजस्तो सुनिन थालेको भए पनि यो क्षेत्रमा यातायात, विद्युत्, स्वास्थ्य केन्द्र र चौकीहरूलगायतका सुविधा पुगेको देख्दा बसाइँसराइको प्रक्रिया ढिलोचाँडो कम होला भन्ने आशा गर्न सकिन्छ। काम गर्दा हुने कमाइले सहरिया सुख खरिद गर्न सकिने, वृद्धावस्थालाई बचत गर्न सकिने र जीवनको गुणस्तर उकासिने अवस्था गाउँमा पनि प्राप्त छ भन्ने सुनिश्चित गर्न सके गाउँ छाडिहाल्नुपर्ने अवस्था कमजोर बन्दै गएको छ। हामी त्यहाँबाट दुई हजार मिटरको लेक काट्दै पसगाउँ पुग्यौँ। त्यहीँ भेटिए पालिका प्रमुख सूर्य गुरुङ र वडाका नेता मणिलाल गुरुङ। हाम्रो उद्देश्य पालिका अध्यक्षसँग स्थानीय सरकारले स्थानीय अर्थतन्त्र उकास्न के–के प्रयास गरेको छ भन्ने विषयमा कुरा गर्नु थियो। उनी शिक्षित र कुरा गर्न खप्पिस युवा नेता रहेछन्। यसअगाडि यहाँको पालिका प्रमुख प्रेम घले थिए, जसले घलेगाउँलाई ग्रामीण पर्यटनको पर्याय बनाउने कामको अगुवाइ गरेर नाम कमाएका थिए। पालिकाका सबै वडालाई सडक सञ्जालले छोएको, नियमित यातायात चल्ने गरेको सूर्यले सुनाए। पसगाउँ पनि गिलुङजस्तै सफा, छपनीले छापेको बाटो, पाइपहररूको प्रयोग गरेर बनाइएको पानीको निकास, ठाउँठाउँमा राखिएका फोहोर सङ्कलन गर्ने बाल्टीहरू, कटेरा वा घरका पालीहरूमा अथवा बाटोमा हार मिलाएर राखेका चिरुवा दाउराहरू, बारीमा पर्याप्त हरियो तरकारी, निकै तल फाँटमा देखिएका परालका टौवाहरू! एउटा लेकाली गुरुङ गाउँको सम्पूर्ण परिचय पसगाउँले बोकिरहेकै देखियो। गाउँमा परम्परागत कृषिको काममा कमी आएको जस्तो देखिएन। दुई सय घर रहेको गाउँमा पचास–साठी घरलाई होमस्टेका रूपमा विकास गरिएको रहेछ। यहाँका झन्डै एक सय परिवारको पोखरामा घर रहेछ। घर छाडेर सहर पस्नेले पनि यता घरलाई जतन गरेर राखेको देखिन्थ्यो। सूर्य भन्दै थिए- घलेगाउँ भरिएर पोखिँदै आएको पर्यटकको हुलले भुजुङलाई छोपेजस्तै पसगाउँ र नजिकैको सिङ्दी गाउँ पनि पर्यटनलाई पेसा बनाएर उकासिने तरखरमा छन्। मादी गाउँपालिकामा पर्ने क्रपुसम्म पदमार्ग विकास गर्ने, गुरुङ हेरिटेज यात्राको मुख्य गन्तव्य क्व्होलासोथार, दूधपोखरी, नामुन ला हुँदै मनाङ जाने गन्तव्य (उहिलेको साल्ट रुट) लाई जोड्ने हो भने यी गाउँको भविष्य समृद्ध बनाउन सकिन्छ। यहाँबाट आफ्नो सवारीसाधन हुँदा एक घण्टामा मध्यपहाडी लोकमार्गमा पुग्न सकिन्छ। यिनै सपना पूरा गर्ने आफ्नो तर्फबाट प्रयास गरिरहेका सूर्यमा एउटा आत्मविश्वास देखिन्थ्यो। मुख्यमन्त्री भइसकेका नेता पी.एस. गुरुङ यही पालिकाको भएकोले पनि प्रदेश सरकारको स्रोत यता अलि बढी प्रवाहित भएको हुनुपर्छ। तर चुनावको बेला भएकोले हामीले उनीसँग जोडिएका यस्ता विषयमा चर्चा गर्नु उचित ठानेनौँ। कृषिलाई प्राथमिकतामा राखेर पालिकाले प्रदेशसँग मिलेर केही अनुदानको व्यवस्था गरेको छ। यसै क्रममा हराउँदै गएको कागुनो खेती सुरु गरिएको छ। गत वर्ष ५० मुरी कागुनो पोखरालगायतका बजारमा बस्ने स्थानीयकहाँ पुग्यो। अत्यधिक श्रम लाग्ने कागुनो गोड्न जान्नेहरू घट्दै गएका छन्। कोदो खेतीलाई पनि प्रोत्साहन गर्ने व्यवस्था मिलाइएको रहेछ। मागअनुसारको उत्पादन हुन सकेको छैन। तुलनात्मक रूपमा सस्तो मूल्यमा चिसो पानीले सिञ्चित खेतको चामल पनि निर्यात हुँदो रहेछ। गाउँको गुम्बाले सांस्कृतिक सम्पन्नताको झल्को दिन्थ्यो। अलि तल झरेपछि रुदीखोलामा बनेका दुईवटा हाइड्रोपावर उत्पादन भइरहेका प्रोजेक्टहरू देखिए। साँझ भैँसे पुगेर मादी किनारमा असला माछाको झोलसँग भात खाएर हामी पोखरा फर्क्यौँ। मर्दी पदमार्ग र रोजगारी अर्को दिन हामी केही साथीहरू कास्कीको माछापुच्छ्रे गाउँपालिकामा पर्ने घलेल पुग्यौँ। यसलाई आजभोलि घलेलभन्दा बढी ‘मर्दी हिमाल ट्रेक’ का रूपमा चिनिने रहेछ। सडक ढलान र पिचको काम धमाधम हुँदै थियो। पातलो बस्ती, छरिएका घरहरू, तर नबाँझिएको खेतपाखो, ठाउँठाउँमा पर्यटकलाई गास वा बास पनि दिने साना–ठूला होटल र होमस्टे। हामी दुर्गा नामका एक जना युवाले हालै ५० लाखजतिको लागतमा बनाएर सञ्चालनमा ल्याएको ‘अन्नपूर्ण कालीमाटी होमस्टे’ मा पुग्यौँ। परिवार मिलेर चलाएको यो सफा र चिटिक्क परेको घरवासमा उनले हामीलाई छपनी ढुङ्गामा मासु सेकाएर खान दिए। यो गज्जबको प्रयोग उनको आफ्नै आइडिया रहेछ। अलि कम बोल्ने स्वभावकी उनकी पत्नी भान्सामा सक्रिय थिइन्। दाजुभाइ अतिथि सत्कारमा सक्रिय। बिहान उठिहेर्दा प्रदुषणले घुर्मैलो देखिने माछापुच्छ्रे नाकैमाथि देखियो। मलेवाको बथान हामीलाई जिस्काउँदै उडिरहेको थियो। दुर्गाको भनाइअनुसार यस क्षेत्रमा मर्दी पदयात्रा लक्षित सयभन्दा बढी होटल र खाजाघरहरू रहेछन्। यसको गुणस्तर नियन्त्रणका लागि एक्यापले थिति बाँधेको रहेछ। १०० घर होटलमा कम्तीमा दुई जनाका दरले भए पनि दुई सय जनाले रोजगारी पाएको बुझ्न सकिन्छ। यहाँ अर्को विशेषता, दलित र गैरदलित दुवै यो पेसामा सक्रिय छन् अर्थात् आर्थिक अवसरको वितरणमा बिस्तारै दलितहरूको पनि पहुँच हुन थालेको छ। बिहान खाजा खाएर ओरालो झर्दै गर्दा दुई जना स्थानीय किसानहरूसँग संवाद गरियो। राजनीतिक रूपमा कुनै बेला माओवादीको अलि बढी प्रभाव रहेको र माओवादीले बाँडेका सपना र ज्ञानको प्रभाव रहेका यी दुवैले हामीसँग खुलेर यसपालि ‘घण्टी’ लाई मत दिने कुरा गरे। किन? भन्दा- नयाँलाई हेरौँ, छोराछोरीले भनेका छन् भन्ने साझा उत्तर पाइयो। दुर्गाको भनाइअनुसार यस क्षेत्रमा घण्टीवालाहरू मत माग्न पुगेका पनि छैनन्। तर ती किसानहरूको लय देशका अरू भागमा जस्तै परिवर्तनको आकाङ्क्षाले बनेको बुझ्न सकिन्थ्यो। क्व्होलासोथार र घलेल घुमेर हेर्दा नेपालले आफ्ना सम्भावनाहरूको सदुपयोग गर्न सके आर्थिक वृद्धि र रोजगारी सिर्जनाका लागि हामीसँग अपार सम्भावना छन्। स्थानीय सरकारलाई आफैँ आफ्नो इलाकामा आर्थिक अवसर सिर्जना गर्ने र समृद्धिको बाटो खोज्न दायित्व सुम्पने, त्यसअनुसारको स्रोतसाधन र ज्ञान उपलब्ध गराउने हो भने विद्यमान बसाइँसराइको समस्या आधा आफैँ हल हुन्छ र गाउँहरू समृद्ध बन्छन् भन्ने लाग्छ। चुनावपछिको राजनीतिक चित्र माथि हाम्रा सम्भावनाका कुरा गरियो, आउँदै गरेको परिवर्तनको सङ्केत गरियो। तर जे–जस्तासुकै सम्भावना भए पनि आम जनतालाई आर्थिक वृद्धि र उत्पादन कार्यमा परिचालन गर्ने भूमिकामा सरकार नै रहन्छ। निजी क्षेत्र त्यसको चालक शक्ति हो भने नागरिक समाजले कतिपय मामिलामा सहजीकरण गर्न सक्छ। आजसम्म जे–जति उपलब्धि भयो, त्यो पनि राजनीतिकै कारणले भएको हो र जे भएन त्यसका लागि पनि राजनीतिक दल र नेतृत्व नै जिम्मेवार छ। यसैले आउने दिनमा के हुनेछ भन्ने कुरा राजनीतिले प्रभाव पार्छ, आउने निर्वाचन त्यसको एउटा घुम्ती हो। आउने साता नेपालमा नयाँ सरकार गठनको तरखर सुरु हुनेछ। चुनावको परिणाम आउन दुई साता लाग्ने भए पनि कसले सरकार बनाउन सक्छ र कस्तो सरकार बन्छ भन्ने अनुमान गर्न भने लामो समय कुर्नुपर्ने छैन। यससँगै गत भदौ चौथो साता भएका घटनापछिको संवैधानिक अनिश्चितताको एउटा चक्करबाट मुक्त लिकमा फर्केको संविधान, जनादेश प्राप्त संसद् र सरकार देशले प्राप्त गर्नेछ। निर्वाचनको परिणामको पूर्वअनुमान ट्याक्कै मिल्ने गरी भनिहाल्न नसकिए पनि एउटा कुरा भन्न सकिन्छ- पुरानो नेतृत्व र इतिहास लामो भएका नेता र दलहरू आउने संसद्‌मा निर्णायक हैसियतमा आउने छैनन्। अर्थात् परोक्ष वा प्रत्यक्ष रूपमा पनि संसद्‌ले नयाँ चरित्रको माग गर्नेछ। अहिलेसम्म गरिएका अनुमानहरू यदि सत्य साबित भए भने रास्वपा आगामी संसद्को सबैभन्दा ठूलो दल बन्दै छ। दोस्रोका लागि एमाले र कांग्रेसका बीच प्रतिस्पर्धा छ, पछिपछि छ नेकपा। जसपा र राप्रपालगायतका शक्तिहरू सानो आकारमा अस्तित्वमा रहनेछन्। यो आकलनका आधारमा नेपालको आगामी राजनीतिक यात्राका सम्भावित चित्रबारे चर्चा गरौँ। भदौ आन्दोलनको स्वामित्व ग्रहण गरेको र अरू दलले भन्दा बढी लोकप्रिय मत ल्याएको अवस्थामा रास्वपा नेतृत्वको सरकार बन्नेछ। रास्वपालाई परीक्षित हुन दिनु नै जनमतको पनि सम्मान हुनेछ। उनीहरूले सकारात्मक परिणाम दिएको खण्डमा देशका लागि हित नै हुनेछ, सुशासन दिन असफल भएको अवस्थामा जनताले नै उनीहरूमाथि प्रश्न उठाउन थाल्नेछन्। त्यसपछि मात्र संसद्‌ले वैकल्पिक सरकार दिन सहज हुनेछ। एउटा सिनारियोमा तेस्रो वा चौथो दलसँग रास्वपाले गठबन्धन गर्न सक्नेछ। तर यसका लागि कांग्रेस र एमाले तयार हुन कठिन छ र रास्वपाका लागि दुवैसँगको सहयात्रा सहज हुनेछैन। त्यस्तो अवस्थामा कांग्रेस, एमाले र नेकपाबाहेकका दल र सदस्यहरू मिलेर बहुमत पुग्ने भयो भने त्यस प्रकारको गठबन्धन बन्ने अथवा रास्वपा र नेकपाको गठबन्धन सरकार बन्ने सम्भावना पनि रहन सक्छ। यसअघि प्रचण्डको नेतृत्वमा सरकारमा गएको रास्वपाका लागि यो उपयुक्त विकल्प हुन सक्छ। तर नेकपाका लागि यस्तो गठबन्धन गर्नु आत्महत्यासरह हुनेछ। गैरकम्युनिस्ट सरकार धेरै विश्लेषकहरू २०६३ पछि पहिलोपटक संसद्‌मा कम्युनिस्ट पार्टीहरूको उपस्थिति सरकार गठनका लागि अनिवार्य नहुने गरी कमजोर हुने प्रक्षेपण गर्छन्। यद्यपि यो केवल अनुमानको कुरा मात्र हो, नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी दुवैलाई बाहिर राखेर रास्वपा र कांग्रेसले सरकार बनाए अथवा ठूलो दलका रूपमा रास्वपालाई सरकार बनाउन दिएर मुख्य प्रतिपक्षी दलका रूपमा नेपाली कांग्रेस बस्यो भने निश्चित अवधिसम्मकै लागि भए पनि कम्युनिस्ट पार्टीहरूको भूमिका खुम्च


Share this story

Read Original at onlinekhabar.com

Related Articles

onlinekhabar.comabout 5 hours ago
व्यक्तिपूजा कि विचारको राजनीति ?

Published: 20260302T124500Z

onlinekhabar.comabout 5 hours ago
नायकको प्रतिक्षा कि च्याम्पियनहरुको सहकार्य ?

Published: 20260302T124500Z

onlinekhabar.com1 day ago
के एउटा फिल्मले राज्यको सामाजिक संरचना बिगार्न सक्छ ?

Published: 20260301T083000Z

onlinekhabar.com1 day ago
यौनइच्छा कम हुने समस्या बढ्दै , कुनै तरिका छ बढाउने ?

Published: 20260301T083000Z

onlinekhabar.com1 day ago
रवि एकल चिन्तनवादी हुन् , बालेनको क्रेजलाई दुरुपयोग गर्नसक्छन् – Online Khabar

Published: 20260301T051500Z

onlinekhabar.com1 day ago
क्लिपदेखि रिलसम्म छाइरहेको चुनावी रंग

Published: 20260301T051500Z