NewsWorld
PredictionsDigestsScorecardTimelinesArticles
NewsWorld
HomePredictionsDigestsScorecardTimelinesArticlesWorldTechnologyPoliticsBusiness
AI-powered predictive news aggregation© 2026 NewsWorld. All rights reserved.
Trending
IranStrikesIranianIsraelMilitaryLeaderLeadershipCrisisTrumpIsraeliSupremeLaunchTargetingRegionalPowerMarchTimelineDigestSundayFaceSignificantSuccessionKhameneiPressure
IranStrikesIranianIsraelMilitaryLeaderLeadershipCrisisTrumpIsraeliSupremeLaunchTargetingRegionalPowerMarchTimelineDigestSundayFaceSignificantSuccessionKhameneiPressure
All Articles
यौनइच्छा कम हुने समस्या बढ्दै , कुनै तरिका छ बढाउने ?
onlinekhabar.com
Published about 3 hours ago

यौनइच्छा कम हुने समस्या बढ्दै , कुनै तरिका छ बढाउने ?

onlinekhabar.com · Mar 1, 2026 · Collected from GDELT

Summary

Published: 20260301T083000Z

Full Article

News Summary Generated by OK AI. Editorially reviewed. ९० को दशकमा एलन रिव्सले स्टेजमा परफर्म गर्थे र स्पाइस वर्ल्ड फिल्ममा पनि देखिएका थिए । बेलायतमा टेस्टोस्टेरोन रिप्लेसमेन्ट थेरेपीको प्रिस्क्रिप्सन सन् २०२१ देखि २०२४ सम्म १३५ प्रतिशतले वृद्धि भएको छ । टेस्टोस्टेरोन थेरापीले केही व्यक्तिमा कामेच्छा फर्काएको छ, तर यसको दुष्प्रभाव र मुनाफाखोरीको चिन्ता पनि बढेको छ । ९० को दशकमा, एलन रिव्स नियमित रूपमा स्टेजमा परफर्म गर्थे । ‘द ड्रीमब्वाइज’ समूहका सदस्यको रूपमा हजारौं मानिसहरूका अगाडि कपडा उत्तार्थे । उनको बढ्दो मागका कारण पछि उनी र साथीहरू स्पाइस गर्ल्सको फिल्म ‘स्पाइस वर्ल्ड’मा पनि देखिएका थिए । त्यतिबेला २४ वर्षका रिव्सले भनेका थिए, ‘म पिन–अप चर्चित पोस्टर ब्वाई थिएँ ।’ रिव्स ३० वर्ष नाघेपछि उनले आफूलाई फरक अवस्थामा पाए । उनको मूड खराब हुन्थ्यो र यौनइच्छा लगभग हराइसकेको थियो । उनी भन्थे ‘मलाई केही पनि ठीक लाग्दैनथ्यो ।’ अहिले ५२ वर्षका रिव्स भन्छन्, ‘यौन इच्छाको कमीले गर्दा उनको लामो समयदेखिको सम्बन्धमा नराम्रो असर पार्‍यो ।’लन्डनमा फिटनेस र जीवनशैली कोचको रूपमा काम गरिरहेका रिव्सले टेस्टोस्टेरोन रिप्लेसमेन्ट थेरेपी (टीआरटी) सुरु गरे र यसले उनको कामेच्छा फर्काइदियो । उनी भन्छन्, ‘म गनगन गर्ने बुढोबाट फेरि युवावस्थाजस्तो महसुस गर्छु । यो मेरा लागि अद्‍भूत अनुभूति हो ।’ लगातार कम हुँदै गइरहेको छ, यौनइच्छा महिलाहरू पनि अब टेस्टोस्टेरोनतर्फ आकर्षित हुँदैछन् । ३७ वर्षीया ब्लगर राचेल मेसनले भन्छिन्, ‘यो हर्मोन उनको ऊर्जा स्तर, एकाग्रता र कामेच्छाका लागि ‘कमालको’ साबित भएको छ । मेनोपोज पछिको अनुभव उनले सुनाएकी हुन् । टेस्टोस्टेरोनको प्रिस्क्रिप्सनमा भारी वृद्धि भएको छ । केयर क्वालिटी कमिशनले एनएचएस बिजनेस अथोरिटीका तथ्यांकहरू संकलन गरेको छ, जसबाट सन् २०२१ र २०२४ बीच यसको प्रिस्क्रिप्सनमा १३५ प्रतिशतको वृद्धि भएको देखिन्छ । यो वृद्धि त्यस समयमा भएको छ, जब पूरै बेलायतमा ‘सेक्स ड्राइभ’ यौनइच्छा घट्दै गएको देखिएको छ । नेशनल सर्वे अफ सेक्सुअल एटीट्यूड एन्ड लाइफस्टाइल (न्याटसल) ले हरेक दशकमा करिब १० हजारभन्दा बढी व्यक्तिसँग यसबारे प्रश्न सोध्छ । १९९० मा, १६ देखि ४४ वर्ष उमेर समूहका व्यक्तिहरूले महिनामा औसत पाँच पटक यौन सम्पर्क गरेको बताएका थिए । २००० सम्म यो घटेर चार पटक र २०१० सम्म तीन पटक पुगेको थियो । परिणामहरूको अर्को सेट यो वर्षको अन्त्यमा आउँदैछ, र अनुसन्धानकर्ताले यो गिरावटको प्रवृत्ति जारी रहने बताएका छन् । यद्यपि उनीहरूले यो गिरावटका लागि कुनै एक कारणतर्फ संकेत गर्दैनन् । यही पृष्ठभूमिमा, एउटा बहस तीव्र रूपमा बढ्दैछ । के टेस्टोस्टेरोनले वास्तवै कामेच्छामा सुधार आउन सक्छ, वा यसमा केवल नाफा कमाउन भ्रम छरिएको हो ? बेलायतमा यौन सम्बन्ध राख्ने फ्रिक्वेन्सी घटिरहेको छ । नेशनल सर्वे अफ सेक्सुअल एटीट्यूड एन्ड लाइफस्टाइलले हरेक दशकमा करिब १० हजार मानिसहरूसँग यसबारे सोध्ने गरेको छ । कम हुँदै गएको कामेच्छा अध्ययनकर्ताका एलन रिव्सका अनुसार कामेच्छा कम भएको अनुभव त्यो प्रवृत्तिको एक उदाहरण हो, जुन अब धेरै सामान्य हुँदैछ । अध्ययन टोलीका निर्देशक सोएजिग क्लिफ्टन भन्छिन्, ‘पछिल्ला केही वर्षहरूमा हामीले हरेक वर्गका व्यक्तिहरूमा यसमा गिरावट देखेका छौं’ उनी भन्छिन्, ‘९० को दशकको तुलनामा अब साथ बस्ने जोडीहरूको संख्या कम छ, जसले यौनइच्छाको कमी आएको कुरालाई व्याख्या गर्न मद्दत गर्न सक्छ । तर जब हामीले विशेष रूपमा त्यो समूह (साथ बस्ने जोडीहरू)लाई हेरेका छौं, त्यहाँ पनि गिरावट देखिएको छ, ’उनी भन्छिन् । वास्तवमा, यौनको आवृत्तिमा सबैभन्दा छिटो गिरावट बढी उमेरका जोडि वा एकसाथ बस्ने जोडीहरूमा देखिएको छ । ‘कामेच्छा किन कम हुँदै गएको छ भन्ने कुरा स्पष्ट रूपमा भन्न गाह्रो रहेको क्लिफ्टन बताउँछिन् । ‘हामीसँग अहिलेसम्म त्यस्तो कुनै डेटा छैन, जसले हामीलाई पूर्ण विश्वासका साथ पहिले जति कामेच्छा छैन भन्न सकोस्’ उनी भन्छिन्, ‘यसको कारण बुझ्ने प्रयास गर्ने धेरै अध्ययनहरू भएका छन् । यी अध्ययनहरूले डिजिटल संसारलाई ठूलो कारक मान्छन्, जसले स्क्रिन बन्द गर्न गाह्रो बनाएको छ, साथै समय बिताउने अरू धेरै विकल्पहरू उपलब्ध छन् ।’ जनरल फिजिसियन तथा सेक्स थेरापिस्ट डा. बेन डेभिसका अनुसार हाम्रो तनावको स्तर सामान्यतया ३० वर्षअघिको तुलनामा धेरै बढी छ । यो पनि एउटा कारण रहेको उनको भनाइ छ । ‘मानिसहरूको जीवनमा धेरै कुरा चलिरहेको छ । स्पष्ट रूपमा प्रविधि त छ नै, तर तनाव, डिप्रेसन र एक्लोपनमा पनि वृद्धि भएको छ । यी सबै कुराहरूले कामेच्छामा कमी ल्याउँछन् ’ डा. बेन डेभिसले भने । कन्सल्टेन्ट युरोलोजिस्ट र ब्रिटिश सोसाइटी फर सेक्सुअल मेडिसिन (बीएसएसएम) का सदस्य प्रोफेसर जेफ्री हैकेट पुरुषहरूमा टेस्टोस्टेरोनको स्तर निश्चित रूपमा कम हुँदै गएको बताउँछन् । उनका अनुसार मोटोपनमा वृद्धि, टाइप २ मधुमेह र निष्क्रिय जीवनशैली भएका व्यक्तिहरूको बढ्दो संख्याले टेस्टोस्टेरोनको स्तर कम गर्छन् । र घट्दै गएको टेस्टोस्टेरोन स्तर हाम्रो कामेच्छाको कमीको एक कारण हुन सक्छ । पछिल्ला २० वर्षमा अध्ययनहरूले पुरुषहरूमा हर्मोनको स्तर मापन गरेका छन्, जसले टेस्टोस्टेरोनको स्तर घटेको देखाएका छन् । तर यो ग्राफ निकै सूक्ष्म रहेको हैकेट जोड दिन्छन् । टेस्टोस्टेरोन कम हुँदा कामेच्छा कम हुने सम्भावना बढ्छ, तर यसको मतलब यो होइन कि कम टेस्टोस्टेरोन भएका हरेक व्यक्तिको कामेच्छा कम हुन्छ । यस जटिलताका बावजुद, मेट्रो स्टेसन, बस स्टप र सोसल मिडिया फिड अब यस्ता विज्ञापनहरूले भरिएका छन् जस्तो कि, ‘कामेच्छा कम छ ? थकान छ ? टेस्टोस्टेरोन जाँच गर्ने समय आयो ! तसर्थ, के टेस्टोस्टेरोन रिप्लेसमेन्ट थेरेपी (टीआरटी) वास्तवमा कम कामेच्छाको रामवाण उपचार हुन सक्छ ? टेस्टोस्टेरोनले ‘मेरी जीवन फर्काइदियो’ मेलिसा ग्रीनले लगभग एक वर्षदेखि टेस्टोस्टेरोन लिइरहेकी छिन् । उनको भनाइमा यसले उनलाई ‘जीवनको उत्साह’ फर्काएको मात्र छैन, बरू उनको वैवाहिक जीवन पनि बचाएको छ । ४३ वर्षीया मेलिसामा कामेच्छामा कम हुँदा उनको सम्बन्धमा निकै नराम्रो असर परेको थियो । रजोनिवृत्तिको सुरुवाती लक्षणहरूका कारण, चिकित्सकले उनलाई हर्मोन रिप्लेसमेन्ट थेरेपीबाट पहिले नै एस्ट्रोजन र प्रोजेस्टेरोन लेखिदिएका थिए, तर ग्रीन भन्छिन्, ‘चिकित्सक उनको टेस्टोस्टेरोन स्तर जाँच गर्न तयार थिएनन् । उनीहरूको भनाइ थियो, उनलाई यो अतिरिक्त हर्मोनको आवश्यकता छैन । महिलाहरूको शरीरमा यो हर्मोन कम मात्रामा बन्छ, र एनएचएसका दिशानिर्देशहरू अनुसार, महिलाहरूलाई टेस्टोस्टेरोन तब मात्र दिन सकिन्छ जब उनीहरूलाई ‘हाइपोएक्टिभ सेक्सुअल डिजायर डिसअर्डर’ छ । अर्थात्, उनीहरूको सेक्स ड्राइभ निकै कम वा लगभग शून्य हुन्छ । यो कुनै पनि उमेरका महिलालाई प्रभावित गर्न सक्छ, तर रजोनिवृत्तिको अवस्थामा यो आफ्नो चरममा पुग्छ । अन्ततः, ग्रीन एक प्राइभेट क्लिनिकमा गइन्, रगत जाँच गराइन्, र उनलाई भनियो, उनको स्तर कम छ । यो परीक्षणको रिपोर्ट आफ्ना चिकित्सककहाँ लगेर दिएपछि उनलाई एनएचएसबाट केही टेस्टोस्टेरोन मिल्छ । उनी भन्छिन्, ‘यसले मेरो जीवन फर्काइदियो । मलाई अब त म फेरि आफ्नो २० उमेरमा फर्किएकी जस्तो भान हुन्छ । ममा अब धेरै ऊर्जा छ, म बढी सचेत महसुस गर्छु।’ जहाँ केही व्यक्ति सेक्स ड्राइभमा टेस्टोस्टेरोनको प्रभावप्रति निकै उत्साहित छन्, त्यहाँ अरूले यसका केही अप्रिय प्रभावहरू पनि भएको बताउँछन् । चेरिल ओ’म्यालीले एक वर्षसम्म टेस्टोस्टेरोन लिएकी थिइन् , उनको भनाइ छ, यद्यपि यसले मेनोपोजको समयमा हराएको केही ऊर्जा फर्काउन मद्दत गरेको हुन सक्छ, तर यसले उनको कामेच्छामा धेरै बढाइदियो र उनको मनमा तीव्र रिसको भावना पैदा गर्‍यो । ‘म निकै कामुक महसुस गरिरहेकी थिएँ । म आफ्नो श्रीमानसँग सम्बन्ध बनाउन चाहन्थेँ, तर त्यो समय थियो जब तपाईंलाई यो अवस्था राम्रो छैन, यो म थिइनँ भन्ने अनुभूति हुन्छ । मलाई लाग्थ्यो जस्तो सबै कुरा मेरो नियन्त्रणबाहिर छ ।’ राचेल मेसन भन्छिन्, ‘जब उनी टीआरटीबारे पोस्ट गर्छिन्, तब उनी देख्छिन्, ‘धेरै महिलाहरू टेस्टोस्टेरोन सुरु गर्न धेरै डराउँछन्, उनीहरूलाई चिन्ता हुन्छ, उनीहरू पुरुषजस्ता हुनेछन्, अनुहारमा कपाल आउनेछन्, वा उनीहरू आफ्नो पहिचान गुमाउनेछन् ।’ मेसनको पनि हातमा कपाल बाक्लो भएर आएको छ । तर उनलाई यो हर्मोनबाट मिल्ने फाइदाहरूको तुलनामा यो कुनै ठूलो कुरा होइन । शरीरको कपाल बढ्नुका साथै, टीआरटीका धेरै अन्य दुष्प्रभावहरू पनि हुन सक्छन् । महिलामा रौं अत्याधिक उमार्नु, डन्डिफोर आउनु र तौल बढ्ने हुन्छ । जुन डोज कम गर्दा वा बन्द गर्दा ठीक हुन्छन् । पुरुषमा तौल बढ्नु, लामो समयसम्म रहने इरेक्शन, पुरुषजस्तै कपाल झर्ने र मूडमा परिवर्तन जस्ता दुष्प्रभावहरू निम्त्याउन सक्छ । यसले शुक्राणु उत्पादन पनि कम गर्न सक्छ, जसले प्रजनन क्षमतामा असर पार्न सक्छ । यस्ता उपचारहरू उपलब्ध छन्, जसले मद्दत गर्न सक्छन्, तर चिकित्सकीय सल्लाह सिफारिस गरिन्छ । कमाइ खाने भाँडो केही एनएचएसका जनरल फिजिसियन र विशेषज्ञहरूका अनुसार निजी क्लिनिकहरूले जटिल समस्यालाई टेस्टोस्टेरोन रिप्लेसमेन्ट थेरेपीलाई तुरुन्त समाधानको रूपमा बेचेर मुनाफाखोरी गरिरहेका छन् । यौन र प्रजनन स्वास्थ्यकी एनएचएस कन्सल्टेन्ट डा. पाउला ब्रिग्सले यसलाई कमाइको माध्यमभन्दै मानिसहरूले यस्तो चिजका लागि ठूलो रकम तिर्दैछन्, जसको उनीहरूलाई आवश्यकता नै छैन । उनी भन्छिन्, ‘यो नियन्त्रणबाहिर गएको छ ।’ के भन्छन्, निजी क्लिनिक ? उनीहरूका अनुसार एनएचएसले दिन नसकेको सेवाबाट मानिसहरूको जीवन सुधारिरहेका छन् । पुरुष स्वास्थ्यमा विशेषज्ञता राख्ने मल्टि–मिलियन पाउन्ड क्लिनिक बोय मेडिकल डाइरेक्टर र एनएचएस जीपी जेफ फोस्टर भन्छन्, निजी क्षेत्रले यो समस्याको कमी पूरा गरिरहेको छ, जुन एनएचएसले दिन सकेको छैन ।’ माइकल कोक्सिसले २०१६ देखि आफ्नो कम्पनी ‘बैलेन्स माई हार्मोन्स’ मार्फत टीआरटी सेवा दिइरहेका छन् । उनले पछिल्ला वर्षहरूमा यसको मागमा ‘अत्यधिक’ वृद्धि देखेको बताए । उनका केही बिरामीहरू एनएचएसमा जाँच गराउन गएका थिए, तर स्तर कम नभएको भन्दै फर्काइए । त्यसपछि उनीहरू निजी क्षेत्रमा गए । कोक्सिस भन्छन्, ‘एनएचएसको सीमाभन्दा थोरै माथि भए पनि टीआरटीले मद्दत गर्न सक्छ ।’ फाइदा जसलाई हुन्छ, त्यो अनुपात कम छ पुरुषहरूमा स्वस्थ टेस्टोस्टेरोन स्तर कति हुन्छ भन्ने कुरा कुन संस्थाबाट सोधिन्छ र कुन अध्ययन पढिन्छ भन्नेमा निर्भर गर्छ । बीएसएसएमका निर्देशिका अनुसार १२एनएमओं/एलभन्दा कम स्तर भएका पुरुषहरूमा टीआरटी विचार गर्नुपर्छ, विशेषगरी यदि ‘हाइपोगोनाडिज्म’का लक्षणहरू छन् भने, यो अवस्थामा अण्डकोषले पर्याप्त हर्मोन उत्पादन गर्दैनन् । एनएचएसको मार्गदर्शन क्षेत्रअनुसार फरक पर्न सक्छ । तर ६ देखि ८ एनएमओं/एलभन्दा कम स्तरमा टेस्टोस्टेरोन कमी हुनसक्छ । महिलाहरूमा टेस्टोस्टेरोन २०–४० वर्ष उमेरमा कम हुँदै जान्छ र मेनोपोजमा स्थिर हुन्छ । स्तर कम हुनु सामान्य हो, तर यसले सेक्स ड्राइभ र समग्र स्वास्थ्यमा कति असर पार्छ भन्ने प्रश्न छ । महिलाहरूका लागि जाँच उपलब्ध छन् तर सही रिडिङ लिन गाह्रो छ किनकि आवश्यक मात्रा निकै कम हुन्छ । एनएचएसमा महिलाका लागि लाइसेन्स प्राप्त उपचार छैन । डा. ब्रिग्स टीआरटीको चर्चा र हल्लाप्रति सतर्क छन् । । उनी भन्छिन् ‘धेरै बिरामीहरू यौन इच्छा नहुने भन्दै आउँछन् । उनीहरूले अध्ययन गरेको भन्छन्, जसको मतलब सामान्यतया सामाजिक सञ्जालमा कसैले जीवन बदल्ने प्रभाव पोस्ट गरेको देखेका हुन्छन् । ‘सेलिब्रेटीका लागि काम गरे पनि सबैका लागि काम गर्छ भन्न सकिँदैन ।’ उनको क्षेत्रमा टेस्टोस्टेरोन जाँच माग्ने बिरामीहरूको भीड छ । केहीले प्रिस्क्रिप्सन लिए पनि केही महिनापछि असर कम भएको भन्दै फर्किन्छन् । क्लिनिकल प्रमाण अनुसार महिलामा टीआरटी केवल रजोनिवृत्ति भएर कामेच्छा कम भएकाहरूका लागि प्रभावी छ । ब्रिग्स भन्छिन्, ‘निजी क्लिनिकका विज्ञापनले सबै कुरा बढाइचढाइ गरेको छ ।’ जादुको चमत्कार होइन यो थेरापी चेरिल ओम्याली


Share this story

Read Original at onlinekhabar.com

Related Articles

onlinekhabar.comabout 3 hours ago
के एउटा फिल्मले राज्यको सामाजिक संरचना बिगार्न सक्छ ?

Published: 20260301T083000Z

onlinekhabar.comabout 7 hours ago
क्लिपदेखि रिलसम्म छाइरहेको चुनावी रंग

Published: 20260301T051500Z

onlinekhabar.comabout 7 hours ago
रवि एकल चिन्तनवादी हुन् , बालेनको क्रेजलाई दुरुपयोग गर्नसक्छन् – Online Khabar

Published: 20260301T051500Z

onlinekhabar.com2 days ago
बीबीसी डकुमेन्ट्रीले हाम्रा सामु छाडेका प्रश्न

Published: 20260227T133000Z

onlinekhabar.com2 days ago
होलीमा प्रयोग हुने रङ , छालामा पर्ने असर र सुरक्षित रहने उपाय

Published: 20260227T103000Z

ahaber.com.trabout 1 hour ago
Tel Aviv yıkık dökük ! İran ın misillemesi İsrailde böyle yankılandı

Published: 20260301T104500Z