NewsWorld
PredictionsDigestsScorecardTimelinesArticles
NewsWorld
HomePredictionsDigestsScorecardTimelinesArticlesWorldTechnologyPoliticsBusiness
AI-powered predictive news aggregation© 2026 NewsWorld. All rights reserved.
Trending
IranMilitaryRegionalIranianStrikesCrisisGulfEuropeanTargetsStatesPowerMarchGovernmentTimelineOperationsNuclearIsraeliMarketsDigestDiplomaticCoalitionProtestsHormuzIsrael
IranMilitaryRegionalIranianStrikesCrisisGulfEuropeanTargetsStatesPowerMarchGovernmentTimelineOperationsNuclearIsraeliMarketsDigestDiplomaticCoalitionProtestsHormuzIsrael
All Articles
नायकको प्रतिक्षा कि च्याम्पियनहरुको सहकार्य ?
onlinekhabar.com
Published about 5 hours ago

नायकको प्रतिक्षा कि च्याम्पियनहरुको सहकार्य ?

onlinekhabar.com · Mar 2, 2026 · Collected from GDELT

Summary

Published: 20260302T124500Z

Full Article

News Summary Generated by OK AI. Editorially reviewed. नेपाली काँग्रेसले नेतृत्व, राजनीतिक सोच, संगठनात्मक संस्कार र सार्वजनिक व्यवहारमा व्यापक परिवर्तन गर्दैछ। लोकप्रियतावादको आकर्षणबाट जोगिन र राजनीतिक विश्वास पुनर्निर्माण गर्न काँग्रेसले दुईवटा काम गर्नुपर्ने उहाँले बताउनुभयो। लोकतन्त्रमा कुनै एकल नायक होइन, अनेकौं च्याम्पियन आवश्यक छन् र काँग्रेसले यस्ता पात्र हुर्काउने भूमिका खेल्नेछ। समग्र नेपाली राजनीति, र विशेष गरी नेपाली काँग्रेस र यसका नेता–कार्यकर्ताहरु, अहिले एक किसिमको परिवर्तनबाट गुज्रिदैं छन् । यो बदलाव केवल नेतृत्वको अनुहार फेरिनुसंग मात्र सिमित छैन, यसले काँग्रेसको राजनीतिक सोच, संगठनात्मक संस्कार र सार्वजनिक व्यवहारलाई पुनर्परिभाषित गर्ने प्रयास गदै छ । काँग्रेस भित्रको पछिल्लो नेतृत्व परिवर्तनलाई तत्कालीन राजनीतिक परिघटनाले निम्त्याएको आकस्मिक प्रतिक्रियाको रुपमा मात्र सीमित भएर हेरिनु गलत हुन्छ । १३ औं महाधिवेशन देखि औपचारिक रुपमा पार्टी भित्र परिवर्तनका लागि वैचारिक बहस र नीतिगत स्पष्टताहरु खोज्ने प्रयास भएका हुन् । विशेष महाधिवेशनले पार्टिभित्र वर्षौंदेखि संचित परिवर्तन चेतको शत्तिलाई अभिव्यक्त मात्र गरेको हो । काठमाडौँ–४ बाट प्रतिनिधि सभाको निर्वाचनमा मेरो उम्मेदवारी पनि त्यही परिवर्तनको अभिव्यक्ति हो । काँग्रेसका लागि यो चुनाव अघिल्ला चुनावहरूजस्तो छैन भन्ने कुरा मेरो एक महिनाको चुनावी संवाद र भेटघाटबाट महसुस गरेको छु । अहिलेको चुनावी माहोलमा नेपाली काँग्रेस दलगत प्रतिस्पर्धा मात्र नभएर एउटा प्रियतावादी लहरसँग जुधिरहेको छ । यो लोकरिझ्याँईको हावाले हाम्रो समयको राजनीतिक, सामाजिक, र आर्थिक विमर्शलाई जटिल यथार्थबाट अलग्याएर सरल, भावनात्मक र प्राय: विभाजनकारी निष्कर्षतर्फ धकेलिरहेको छ । यो ‘पपुलिष्ट वेभ’ को आकर्षण घातक छ, किनकि यसले हाम्रा युगिन र जटिल समस्याहरुको अति–सरलीकृत उत्तर छ भन्ने भ्रम छर्छ । यसले तर्कलाई भावनाले र नागरिक संवादलाई आवेगले विस्थापित गर्दैछ । आजको ध्रुविकरण केवल राजनीतिक बहसमा सीमित छैन यो सामाजिक सञ्जालको भाषामा, पारिवारिक छलफलमा, र नागरिकबीचको संवादमा देखिन थालेको छ । असहमत हुन सहमत हुन पाउने भन्ने लोकतान्त्रिक संस्कारबाट हामी बिस्तारै टाढिँदै गइरहेका छौं । यस परिवेशमा काँग्रेसले दुईवटा काम एकैपटक गर्नुपर्ने देखिन्छ । पहिलो, लोकप्रियतावादको मुग्धकारी आकर्षणबाट आफू र आफ्ना नेता–कार्यकर्ता जोगाउने । दोस्रो, राजनीतिक विश्वास पुनर्निर्माण गर्ने पहलकदमी लिने । यद्यपी प्रियतावाद सँग प्रतिस्पर्धा गर्न सबैभन्दा सजिलो उपाय त्यही शैली अपनाउनु हो । प्रियतावादको शैली अपनाउनु निकै सहज छ। यसका लागि केवल चर्को स्वर, सतही निष्कर्ष र भावनात्मक उत्तेजनाको समिश्रण भए पुग्छ। तर, यस्तो राजनीति न काँग्रेसको ऐतिहासिक विरासतसँग मेल खान्छ, न त यसले देशको भविष्य नै सुनिश्चित गर्छ । फेरि, आजको लोकप्रियतावादको उदय पछाडिका राजनीतिक, सामाजिक र आर्थिक कारणहरूको जिम्मेवारीबाट काँग्रेस पूर्णतः मुक्त छैन । त्यसमा हाम्रो पनि हिस्सेदारी छ । यही स्वीकृतिबाट मात्र सुधारको यात्रा सुरु हुन्छ । नायकको मोह र लोकतन्त्रको यथार्थ हरेक राजनीतिक कालखण्डमा कुनै एक निश्चित व्यक्तिबाट राजनीतिक चमत्कारको अपेक्षा राख्ने नेपाली राजनीतिको मनोवैज्ञानिक चरित्र अहिलेको प्रियतावादी लहर संग ठ्याक्कै मेल खान्छ । कम्तिमा २००७ साल पश्चात नेपाली राजनीतिबाट नेपाली समाजले कुनै न कुनै चमत्कारी नेता को प्रतिक्षा गर्दै आएको छ । त्यसपश्चातको प्रत्यक राजनीतिक पुस्तामा हामीले हाम्रो म्याकिभेलियन राजकुमार खोजेका छौं । कहिले हाम्रो ‘मुक्तिदाता’को आशक्ति भएर राजसंस्थाको कुनै कालखण्डसँग जोडिन्छ त कहिले बि.पी.को आकर्षण र आदर्श संग मिल्छ । केही समय अघि सम्म त्यस्तो को छविमा गगन थापा देखिनु हुन्थ्यो भने आज त्यो चाख अर्कोतर्फ सरेको छ । कहिलेकाहीँ लाग्छ, नेपाली समाज स्यामुएल बेकेट को वेटेङ फर गोडो मा पात्रहरूझैं राजनीतिक “राजकुमार” को अन्तहिन प्रतीक्षामा बसेका छ । बेकेटको नाटकमा पात्रहरू एक अधुरो प्रतीक्षामा रित्तो हात रहन अभिसप्त छन्, तर नेपाली समाजसँग त्यो पर्खाइलाई अन्त्य गर्ने शक्ति छ। त्यो शक्ति लोकतन्त्रबाट आउँछ । लोकतन्त्रमा कसैले हाम्रा लागि चमत्कार गरिदिँदैन, हामी आफैंले सहभागिता र सहकार्यमार्फत त्यो चमत्कार सिर्जना गर्ने हो। यद्यपी हरेक समाजलाई नायक चाहिन्छ, यसमा सन्देह छैन । इतिहासका निर्णायक क्षणहरुमा सामान्य व्यक्तिहरू नायकका रुपमा प्रस्तुत हुन्छन् र ठूलो भूमिका खेलेका छन् । तर लोकतन्त्र कुनै एक उद्धारकको प्रतिक्षामा उभिएको प्रणाली भने होइन । लोकतन्त्र एकल नायक हुने सिनेमा होइन । यसलाई अनेकौं च्याम्पियन आवश्यक हुन्छन् । यस्ता च्याम्पियन हरु संसद्‌मा, विपक्षभित्र, सत्ताभित्र, नागरिक समाज, सञ्चार, शिक्षण संस्था, निजी क्षेत्र सबै ठाउँमा आवश्यक हुन्छ । नेपाली समाज र लोकतन्त्रले यस्ता पात्र निर्माण गर्न नसक्नु दखद छ । राजनीतिलाई फेरि सहिष्णु बनाउन, लोकतन्त्र कुनै एक व्यक्तिको प्रोजेक्ट हुनसक्दैन भन्ने कुराको विश्सवास नागरिकलाई दिलाउन सक्नुपर्छ । यस अर्थमा, परिवर्तनको यात्रा कुनै एक अनुहारको यात्रासँग सीमित छैन । यो अनेकौं प्रतिबद्ध मानिसहरुको साझा यात्राबाट मात्र सम्भव हुन्छ । राष्ट्रिय संवादको संरक्षक प्रश्न यतिमै रोकिँदैन, यस्तो ध्रुवीकृत समय, यस्तो प्रियतावादी लहर ले तापिएको राजनीतिक परिवेशमा, नेपाली काँग्रेसको भूमिका के हो ? वा चुनाव पश्चातको नेपाली काँग्रेसको संसदिय भुमिका के हुन्छ ? संसद केवल कानुन उत्पादन गर्ने कारखाना अवश्य होइन । अझ हाम्रो जस्तो संसदीय लोकतन्त्रमा सांसदको प्राथमिक दायित्व कानून निर्माण गर्ने भन्दा पनि सरकारको निगरानी गर्ने, सरकारलाई उत्तरदायी र जावफदेही बनाउने, र राष्ट्रिय संवाद र विमर्षका लागि सभ्य, संयमित र विश्वसनीय मञ्च निर्माण गर्ने हो । यदि संसद स्वयं नै उत्तेजनाको अखडा बन्यो भने, समाजमा संवादको वातावरण रहँदैन । आज देश आर्थिक दबाब, सामाजिक अपेक्षा, संस्थागत थकान र अन्तर्राष्ट्रिय जटिलतासँग जुधिरहेको छ । यस्तो अवस्थामा कुनै एक शक्ति, कुनै एक दल, वा कुनै एक चमत्कारी व्यक्तित्वको एकल प्रयासले देशलाई दिशा दिन सक्छ भन्नु प्रियतावादी इगो मात्र हो । लोकतन्त्र सहकार्यको कला हो । शक्ति–सन्तुलनको अनुशासन हो । मतभेदलाई व्यवस्थापन गर्ने परिपक्वता हो । नेपाली काँग्रेसले संसदभित्र वैचारिक असहमति, आलोचना र नीतिगत बहसलाई परिपक्व राजनीतिक शक्तिको रुपमा व्यवस्थापन गर्नुपर्ने । परिपक्व राजनीतिक शक्ती हुनु भनेको सधैं सबैभन्दा ठूलो आवाज हुने होइन । त्यो सधैं सबैभन्दा संयमी र संस्थाप्रति उत्तरदायी हुने पनि हो । यसमा मेरो भागमा पर्ने अभिभारा पुरा गर्न म तयार छु । प्रतिस्पर्धाबाट सहकार्यतर्फ केही दिनमा निर्वाचन सम्पन्न हुनेछ । निर्वाचनका आफ्नै सीमा र व्याकरण हुन्छन्, तर लोकतन्त्रको निर्वाचनको दिनमा मात्र सीमित हुँदैन । चुनावी प्रतिस्पर्धामा तीखो भाषा पनि बोलिन्छ, आफूलाई अरु प्रतिस्पर्धीबाट छुट्याउनु पर्ने हुँदा कहिले काहिँ ध्रुवीकरण पनि देखिन्छ । त्यो निर्वाचनको स्वाभाविक ताप हो । तर त्यो ताप स्थायी रहनु हुँदैन । कम्तिमा मसँग भोलीबाट रहँदैन । नेपाली काँग्रेस प्रतिको मेरो वैचारिक निष्ठा हिजो पनि थियो र भोली पनि रहन्छ तर संवादको भाषा, शैली, र राजनीतिक व्यवहार चुनावी र्‍यालीकै जस्तो रहिरहनु हुँदैन, रहने छैन । लोकतन्त्रमा प्रतिस्पर्धा स्थायी हो तर विभाजन स्थायी हुन सक्दैन भन्ने मेरो विश्वास हो । हामी साँच्चिकै एउटा कठिन र संक्रमणकालीन समयतिर अघि बढिरहेका छौं। चुनाव सकिएपश्चात, सडकमा देखिएको यो आवेग र विभाजनलाई सदनभित्र सिर्जनशील सहकार्य र नीतिगत स्पष्टतामा बदल्नु मेरो प्राथमिकतामा रहनेछ। नेपाली लोकतन्त्रलाई आज ‘एकल नायक’ होइन, विचार र संस्थाप्रति उत्तरदायी ‘अनेकौं च्याम्पियन’हरु आवश्यक छ। नेपाली काँग्रेस मात्र त्यस्तो ऐतिहासिक शक्ति हो, जसले यस्ता नयाँ पात्र र प्रवृत्तिलाई हुर्काउने हैसियत राख्दछ। म सिक्ने र सिकाउने प्रक्रियामा पूर्णतः इमानदार छु। म प्रक्रिया र पद्धतिमा विश्वास गर्छु। यो निर्वाचनपश्चात राष्ट्र निर्माणको जुन नयाँ अध्याय सुरु हुँदैछ, त्यसमा म स्पष्टता, संयम र दृढ प्रतिबद्धतासहित आफ्नो भूमिका निभाउन तयार छु।


Share this story

Read Original at onlinekhabar.com

Related Articles

onlinekhabar.comabout 5 hours ago
व्यक्तिपूजा कि विचारको राजनीति ?

Published: 20260302T124500Z

onlinekhabar.comabout 5 hours ago
गाउँमा आइरहेका परिवर्तन र चुनावपछिको परिदृश्य

Published: 20260302T124500Z

onlinekhabar.com1 day ago
के एउटा फिल्मले राज्यको सामाजिक संरचना बिगार्न सक्छ ?

Published: 20260301T083000Z

onlinekhabar.com1 day ago
यौनइच्छा कम हुने समस्या बढ्दै , कुनै तरिका छ बढाउने ?

Published: 20260301T083000Z

onlinekhabar.com1 day ago
रवि एकल चिन्तनवादी हुन् , बालेनको क्रेजलाई दुरुपयोग गर्नसक्छन् – Online Khabar

Published: 20260301T051500Z

onlinekhabar.com1 day ago
क्लिपदेखि रिलसम्म छाइरहेको चुनावी रंग

Published: 20260301T051500Z