NewsWorld
PredictionsDigestsScorecardTimelinesArticles
NewsWorld
HomePredictionsDigestsScorecardTimelinesArticlesWorldTechnologyPoliticsBusiness
AI-powered predictive news aggregation© 2026 NewsWorld. All rights reserved.
Trending
AlsNewsFebruaryMajorDane'sResearchElectionCandidateCampaignPartyStrikesDigestSundayTimelinePrivateCrisisPoliticalEricBlueCreditFundingRamadanAdditionalLaunches
AlsNewsFebruaryMajorDane'sResearchElectionCandidateCampaignPartyStrikesDigestSundayTimelinePrivateCrisisPoliticalEricBlueCreditFundingRamadanAdditionalLaunches
All Articles
बंगलादेशमा निर्वाचन : पुरानालाई अनुमोदन
ehimalayatimes.com
Published 2 days ago

बंगलादेशमा निर्वाचन : पुरानालाई अनुमोदन

ehimalayatimes.com · Feb 20, 2026 · Collected from GDELT

Summary

Published: 20260220T014500Z

Full Article

नमागिएको सल्लाह : २०२४ को जुलाईमा भएको विद्रोहपछि गएको १२ फेब्रुवरीमा बंगलादेशमा संसदीय निर्वाचन भएको छ । यो निर्वाचनबाट वंशीय शासनको इतिहास बोकेको बंगलादेश नेशनलिष्ट पार्टी (बिएनपी)लाई दुइतिहाइभन्दा बढी सिट प्राप्त भएको छ । तीन सयमध्ये उम्मेदवारको मृत्युको कारण स्थगित भएको एक सिटबाहेक २९९ स्थानमध्ये २९७ स्थानको मत परिणाम घोषणा हुँदा बिएनपी गठबन्धन २१२ सिटमा विजयी भएको छ । बिएनपी अध्यक्ष तारिक रहमान दुई क्षेत्रबाट उम्मेदवार बनेकोमा दुवै क्षेत्रबाट विजयी भएका छन् । जमात-ए-इस्लामी पार्टीको गठबन्धन ७७ सिटमा विजयी भएको छ । जमात प्रमुख सफिउर रहमान ढाका क्षेत्रबाट विजयी बनेका छन् । दुई दशक सत्ताबाहिर बसेको बिएनपीको पक्षमा चुनावी पैरो गएको छ भने विद्यार्थी आन्दोलनका मुख्य व्यक्तित्वले नेतृत्व गरेको नेशनल सिटिजÞन पार्टीले गठबन्धन गर्दै ३० सिटमा उम्मेदवारी दिएकोमा ६ सिटमा मात्र विजय हासिल गरेको छ । ७५ लाख हाराहारी फेसबुकमा फलोअर्स भएकी चर्चित नेतृ तेस्रो स्थानमा सीमित भएकी छिन् । आरोप-प्रत्यारोप गहिरिँदै जाँदा हिंसात्मक गतिविधि बढेसँगै राजनीतिक अस्थिरताको वातावरण व्याप्त रह्यो । यसैका कारण सेनाको समर्थनमा शासन कब्जा गर्दै अन्तरिम सरकार गठन गरियो । तारिकलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरियो । यातनाको कारण उनको स्वास्थ अवस्था नाजुक बन्यो । राजनीति नगर्ने शर्तमा उनलाई लण्डन जान अनुमति पाएपछि उनी १७ वर्षसम्म लण्डनमा निर्वासनमा बसे । जुलाई क्रान्तिभन्दा अगाडि डेढ दशकसम्म सत्ताको हालिमुहालीमा रमाएको अवामी लिगलाई चुनावमा सहभागी हुनबाट रोकियो भने भारत निर्वासनमा रहेका शेख हसिनामाथि मृत्युदण्डको फैसला सुनाइएको छ । हसिनालो यो निर्वाचनलाई फर्जी र अवैधानिक भन्दै अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले असंवैधानिक ढंगले सत्ता कब्जा गरेर त्यही आधारमा चुनाव गराएको आरोप लगाएकी छिन् । यो आलेखमा बंगलादेशमा भएको चुनावमा उदय भएको नयाँ नेतृत्व र उस्का नीति, नयाँ नेतृत्वका चुनौती, बंगलादेशमा भएको चुनावको नेपालमा चर्चा र यसको प्रभावका बारेमा चर्चा गर्नेछौं । बंगलादेशका नयाँ नेता तारिक रहमान बंगलादेशमा अहिलेको निर्वाचनबाट उदाएका नेता तथा नवनिर्वाचित प्रधानमन्त्री तारिक रहमान बंगलादेशका वंशीय शासनको दोस्रो पुस्ताका नेता हुन् । बंगलादेशका पूर्वराष्ट्रपति जियाउर रहमान र पूर्वप्रधानमन्त्री खालिदा जियाका जेठा छोरा हुन् । बंगलादेश स्वतन्त्र हुँदाको बखत सेना प्रमुख रहेका रहमान, पछि राष्ट्रपति बने । सन् १९८१ मा चटगाउँमा सैनिक ‘कू’को प्रयासको क्रममा ४५ वर्षको उमेरमा उनको हत्या भयो । त्यसपछि, तारिककी आमा खालिदा जिया देशको महिला प्रधानमन्त्री बनेर १५ वर्षसम्म देशको नेतृत्व सम्हालिन । गत डिसेम्बरमा असी वर्षको उमेरमा आमाको मृत्यु भएपछि पार्टी नेतृत्वको अभिभारा रहमानमाथि आएको थियो । उसो त १९६५ मा तत्कालीन पूर्वी पाकिस्तानको ढाकामा जन्मिएका रहमानले आफ्नो राजनीतिक यात्रा सानै उमेरबाट सुरु गरे । पिता र माताको संगत र सिकाइका कारण तारिकका लागि राजनीति नयाँ विषय थिएन । सन् १९८८ मा बिएनपीको सदस्य बनेका उनले १९९१ र १९९६ को चुनावी अभियानमा सक्रिय भूमिका निर्वाह गरे । सन् २००१ मा बिएनपी सत्तामा आएपछि पार्टीको संयुक्त महासचिव बनेपछि देशव्यापी भ्रमण गरे पार्टी संगठनमा पकड बनाए । सन् २००६ मा बिएनपी सरकारबाट अलग भएपछि रहमान धेरै विवादमा तानिए । ‘हवा भवन’मा रहेको बिएनपी कार्यालयलाई सत्ताको समानान्तर केन्द्र बनाएको आरोप उनीमाथि लाग्यो । आरोप-प्रत्यारोप गहिरिँदै जाँदा हिंसात्मक गतिविधि बढेसँगै राजनीतिक अस्थिरताको वातावरण व्याप्त रह्यो । यसैका कारण सेनाको समर्थनमा शासन कब्जा गर्दै अन्तरिम सरकार गठन गरियो । तारिकलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरियो । यातनाको कारण उनको स्वास्थ अवस्था नाजुक बन्यो । राजनीति नगर्ने शर्तमा उनलाई लण्डन जान अनुमति पाएपछि उनी १७ वर्षसम्म लण्डनमा निर्वासनमा बसे । मनी लन्ड्रिङ र भ्रष्टाचारको मुद्दामा उनीमाथि रेडकर्नर नोटिस जारी गरियो । हसिना सरकारले उनको भाषण र अन्तर्वार्ता प्रसारणमा रोक लगाएको थियो । यति हुँदा पनि लण्डनमा बसेर भिडियो कन्फ्रेन्सिंगमार्फत कार्यकर्तासँगको सम्वादमार्फत पार्टी संगठनलाई जोगाइ राखे । उनीमाथि लगाइएका मुद्दा फिर्ता लिएपछि गतवर्ष देश फर्केर राजनीतिमा होमिएका रहमानलाई चुनावमा प्राप्त प्रचण्ड बहुमतले देश निर्माण गर्ने गम्भीर जिम्मेवारी सुम्पिएको छ । युवाका लागि रोजगार, हिंसापीडितमाथि समुचित न्याय, दलीयकरण भएका संस्थाहरूको सुदृढÞीकरण भ्रष्टाचार नियन्त्रण, सुशासन उनको नीतिगत प्राथमिकताका क्षेत्र हुनेछन् । रहमानका चुनौतीहरू बढ्दो मुद्रास्फीति, घट्दो विदेशी मुद्रा सञ्चिति, कमजोर टाकाको कारण सर्वसाधारणको जीवन असहज भएको छ । जनताको क्रय शक्तिमा ह्रास आएको छ । घट्दो उपभोग र मागको कारण उत्पादन प्रक्रिया कमजोर भएको छ । यस्तो अवस्थामा जनताको चुलोमा सहजता थप्नु उनको मुख्य काम हुनेछ । मतदाताले प्रचण्ड बहुमत दिएका कारण अपेक्षा पनि बढी छ । अहिलेको समय अधैर्यता, उत्तेजना र आक्रोश व्याप्त समय हो । जादुमयी ढंगले नेताले परिणाम दियोस् भन्ने चाहना जनताको रहन्छ तर व्यावहारिक जीवनमा हरेक नागरिकलाई सहजता महसुस हुन समय लाग्ने गर्छ । स्वदेशी उद्योगलाई संरक्षण गर्न आयातमाथिको प्रतिबन्धका कारण परेको नकारात्मक प्रभाव कम गर्न यसलाई खुकुलो बनाउनुपर्नेछ । राजनीतिक अस्थिरता र अन्योलका कारण बन्द भएका उद्योग, कलकारखाना सञ्चालन गरी निर्यात बढाउन अनिवार्य छ । कमजोर बन्दै गएको वैदेशिक लगानीको अवस्थामा सुधार नगरेसम्म न त रोजगारी सिर्जना हुनेछ, न त पुँजी निर्माण हुनेछ । यी आर्थिक पक्षमाथि शीघ्र सम्बोधन आवश्यक छ । भारतसँगको बिग्रिएको सम्बन्ध बंगलादेशका लागि धेरै महँगो पर्नसक्छ । चीन र संयुक्त राज्य अमेरिकासँग सन्तुलित सम्बन्ध विकसित गर्दै भारतसँगको सम्बन्ध नसुधारेसम्म बंगलादेशको उच्च रक्तचाप उसका लागि जोखिमपूर्ण हुने सम्भावना छ । भारतमा निर्वासनमा रहेकी अबामी लिगकी नेतृ शेख हसिनालाई निर्वासनमा राख्ने अवस्था भनेको तनावलाई निरन्तरता दिनु हो । उनको पार्टीलाई चुनावमा प्रतिबन्ध लगाए तापनि उनको पार्टीको संगठन ग्रामीणस्तरसम्म छ । जति–जति रहमान सरकारप्रति आलोचना बढ्दै जान्छ, उनीप्रतिको समर्थन घट्दै जान्छ । मतादाताले अबामी लिगप्रति सहानुभूति राख्ने वातावरण सिर्जना हुने अवस्था रहन्छ । जमात पार्टी संसद्को प्रमुख प्रतिपक्ष भए तापनि महिला अधिकारप्रति अनुदारवादी भएको र धार्मिक कट्टरतामा विश्वास गर्ने पार्टी भएका कारण जनतामाझ लोकप्रिय बनेर राष्ट्रिय शक्ति बन्न कठिन छ । भारतले हसिनालाई स्वदेशमा बस्ने वातावरणका लागि दबाब बढाएको अवस्थामा राष्ट्रिय एकता र राष्ट्रिय शक्ति निर्माणका लागि उनलाई लखेटिराख्नु राम्रो हुनेछैन । हसिनाप्रतिको विरोध कमजोर बन्दै गएपछि उनलाई स्वदेशमै बस्ने वातावरण बनाउनु रहमानको कर्तव्य हुनेछ भने अदालतहरू पनि सहयोगी हुन जरुरी छ । तयारी पोशाकको निर्यातमा बंगलादेश प्रसिद्ध छ । पोशाकलगायतका अन्य वस्तुको निर्यातका लागि संयुक्त राज्य अमेरिका र युरोपियन देशहरूसँगको सम्बन्ध सन्तुलित बनाउन उत्तिकै जरुरी छ । संसदीय चुनावसँगै भएको जनमत संग्रहबाट करिब अठसठ्ठी प्रतिशत जनताबाट जुलाई चार्टर अनुमोदन भएको छ । महिला सहभागिता बढाउने, प्रधानमन्त्रीको कार्यकाल सीमित गर्ने, राष्ट्रपतिको शक्ति बढाउने, नागरिकका मौलिक अधिकारलाई सवल बनाउने, न्यायिक निष्पक्षता संरक्षण गर्ने, माथिल्लो सदनको व्यवस्था गर्नेलगायत विषय समेटिएको जुलाई चार्टर कार्यान्वयन गर्ने जिम्मेवारी पनि नयाँ सरकारमाथि आएको छ । बंगलादेशमा चुनाव नेपालमा चर्चा : बंगलादेशको मत परिणामलाई नेपालीहरूले चाख लिएर नियालिरहेका थिए । जुलाई क्रान्तिबाट उदाएका चर्चित जेन–जी युवा नेता नाहिद इस्लामको पार्टीले ६ सिटमा विजय हासिल गर्यो भने करिब ७५ लाख फलोअर्स भएकी, उच्च शिक्षा प्राप्त गरेकी युवा नेतृ तस्निम जÞारा पराजित भइन् । यसलाई नेपालका पुराना पार्टी समर्थकहरूले सामाजिक सञ्जालमा ठूलै मुद्दा बनाउन खोजे भने नयाँ भनाउदाहरूले त्यसको प्रतिवाद गरे । नयाँ शक्ति किन पराजित भयो भन्ने विषयमा चर्चा गरौं : युवा नेता इस्लामको पार्टीले जम्मा तीस सिटमा मात्र उम्मेदवारी दिएको थियो । जमात (ए) इस्लामलगायतका पार्टीसँगको गठबन्धनका कारण यस्तो भएको थियो । पहिलो विषय त जेन–जी युवा कट्टरपन्थी जमात जस्तो पार्टीसँग गठबन्धन गर्न जानु नै कमजोरी थियो । आधा आकाश ढाक्ने महिलाहरूको अधिकार सीमित गर्ने विषय आधुनिक विश्वमा स्वीकार्य बन्न सक्दैन । मतदाताले रुचाएनन् । नेपालमा पनि यतिधेरै सामाजिक सञ्जाल फलोअर्स छन् भनेर फूर्ति लगाउनेको कमी छैन । तर भर्खरै भएका निर्वाचनमा मतदाताको ट्रेण्ड हेर्दा सञ्जालको समर्थन सञ्जालमै सीमित भएर मतपेटिकामा आएको अवस्था देखिएको छैन । नेपालमा पनि एक किसिमको विवेक शून्य मास हिस्टेरिया देखिएको छ । यसले के कस्तो परिणाम दिन्छ हेर्न बाँकी छ । बिएनपीको पक्षमा मतदाताको झुकाब देखिएको र युनुस सरकारले पनि रहमानका मुद्दा फिर्ता लिने वातावरण बनाएको अवस्थामा जुलाई क्रान्तिबाट बनेको अन्तरिम सरकार पनि बिएनपीका लागि सहयोगी थियो भन्ने विषय नौलो थिएन । यस्तो अवस्थामा नेता इस्लामले बिएनपी गठबन्धनमा सामेल हुनुपर्थ्यो या त देशव्यापी रूपमा उम्मेदवारी दिएर चुनाव हाँक्ने आँट गर्नु पर्थ्यो । यस्तै धेरै रणनीतिक कमजोरीका कारण नयाँ शक्तिको कमजोर प्रदर्शन रह्यो । यसलाई नेपालका शक्तिहरूले पनि पाठ सिकाइको रूपमा लिन सक्छन् । केही महिनाअगाडि भारतको विहारमा भएको चुनाव, भर्खरै थाइल्याण्ड र बंगलादेशमा भएको चुनावमा मुहार पुस्तिकामा विजेता जस्ता देखिएकाहरू मतपेटिकाबाट पराजित भए । नेपालमा पनि यतिधेरै सामाजिक सञ्जाल फलोअर्स छन् भनेर फूर्ति लगाउनेको कमी छैन । तर भर्खरै भएका निर्वाचनमा मतदाताको ट्रेण्ड हेर्दा सञ्जालको समर्थन सञ्जालमै सीमित भएर मतपेटिकामा आएको अवस्था देखिएको छैन । नेपालमा पनि एक किसिमको विवेक शून्य मास हिस्टेरिया देखिएको छ । यसले के कस्तो परिणाम दिन्छ हेर्न बाँकी छ । बंगलादेशमा पूर्वराष्ट्रपतिका र पूर्वप्रधानमन्त्रीका निर्वासनमा रहेका जेठा छोरालाई स्वदेश आउने अनुकूल वातावरण सिर्जना गरिदिएको कारण जन अनुमोदन प्राप्त भएको छ । उनको भूमिका जुलाई क्रान्तिमा नैतिक समर्थनसम्म थियो होला । सक्रियता थिएन । त्यो क्रान्तिबाट उदाएको शक्ति संगठित बन्न सकेन । चुनावमा पुरानै राजनीतिक घरानाका रहमानलाई बोलाएर बंगलादेशका जनताले सत्ताको साँचो सुम्पेका छन् । नेपालमा पनि जेन-जी आन्दोलनबाट उदाएका जेनजी युवाहरू संगठित बन्न सकेनन् । उनको आन्दोलनलाई अपहरण गरेर अरू कसैले लगिदिए । विगतमा परीक्षण भइसकेका र राजनीतिक र नीतिकस्तर कमजोर भएकाहरू नयाँ शक्तिको नाममा मतदाता समक्ष पुगेका छन् । कुनै शक्ति भने नयाँ ब्राण्डिङ गरेर म पुरानो इतिहास बोकेको सबैभन्दा नयाँ हूँ भन्दै मतदातामाझ गएको छ । बंगलादेशमा रहमानले नयाँ ब्राण्डिङ गरेको पार्टीको पक्षमा जनमत सिर्जना गर्नसके, नेपालमा नयाँ ब्राण्डिङ भएका पुराना दलले मतदाताको मत जित्छन् कि जेन-जी आन्दोलनलाई अपहरण गरेका नयाँ शक्तिले त्यो भने हेर्न बाँकी छ ।


Share this story

Read Original at ehimalayatimes.com

Related Articles

ehimalayatimes.comabout 9 hours ago
भारतसँगको आर्थिक सहकार्य सहज र परिणाममुखी बनाउनुपर्छ – Himalaya Times

Published: 20260222T024500Z

ehimalayatimes.comabout 23 hours ago
आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त

Published: 20260221T123000Z

ehimalayatimes.com1 day ago
चुनावी घोषणापत्रमा शिक्षा : लगानी वृद्धि र नयाँ शिक्षा ऐन प्राथमिकतामा

Published: 20260221T081500Z

ehimalayatimes.com2 days ago
सप्तरी - २ मा त्रिकोणात्मक प्रतिस्पर्धा

Published: 20260220T014500Z

ehimalayatimes.com3 days ago
जेन - जीको रगतमा रजाइँ गर्ने मौकापरस्तहरूलाई चिनौं

Published: 20260219T030000Z

ehimalayatimes.com4 days ago
मुख्य समस्या भ्रष्ट चरित्र कि मृत चेतना ?

Published: 20260218T000000Z