NewsWorld
PredictionsDigestsScorecardTimelinesArticles
NewsWorld
HomePredictionsDigestsScorecardTimelinesArticlesWorldTechnologyPoliticsBusiness
AI-powered predictive news aggregation© 2026 NewsWorld. All rights reserved.
Trending
TrumpTariffTradeStrikesAnnounceLaunchPricesMajorFebruaryCourtNewsDigestSundayTimelineChinaUkraineSafetyGlobalMarketCrisisOilGoldTechMilitary
TrumpTariffTradeStrikesAnnounceLaunchPricesMajorFebruaryCourtNewsDigestSundayTimelineChinaUkraineSafetyGlobalMarketCrisisOilGoldTechMilitary
All Articles
सप्तरी - २ मा त्रिकोणात्मक प्रतिस्पर्धा
ehimalayatimes.com
Published 3 days ago

सप्तरी - २ मा त्रिकोणात्मक प्रतिस्पर्धा

ehimalayatimes.com · Feb 20, 2026 · Collected from GDELT

Summary

Published: 20260220T014500Z

Full Article

सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा यसपटकको चुनाव केवल प्रतिनिधिसभा सदस्य चयन गर्ने औपचारिक प्रक्रिया बनेको छैन । यहाँको मतदानले मधेसको राजनीति अब कुन दिशातर्फ मोडिनेछ भन्ने प्रश्नको उत्तर खोजिरहेको छ । कुल ३४ उम्मेदवार चुनावी मैदानमा रहे पनि वास्तविक प्रतिस्पर्धा तीन मुख्य पात्र वरिपरि केन्द्रित देखिन्छ- डा. सिके राउत, सतिश सिंह र उमेशकुमार यादव । यी तीनै उम्मेदवार फरक राजनीतिक पृष्ठभूमि, फरक कार्यशैली र फरक मतदाता आधारका प्रतिनिधि हुन् । यही विविधताले सप्तरी-२ लाई यसपटकको चुनावी बहसको केन्द्रमा राखेको छ । आन्दोलनबाट संसद्सम्मको यात्रा : डा. सिके राउत जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउत आन्दोलनको गर्भबाट उदाएका नेता हुनुहुन्छ । मुद्दा केन्द्रित राजनीति, संगठन विस्तार र युवा पुस्तासँगको सक्रिय संवाद उहाँको प्रमुख शक्ति मानिन्छ । मधेसको अधिकार, पहिचान र आत्मनिर्णयको बहसबाट उदाएको उहाँको राजनीतिक यात्रा अहिले संघीय संसद्तर्फ केन्द्रित छ । तर, प्रश्न उठिरहेको छ– आन्दोलनको नेतृत्व सफलतापूर्वक गर्नुभएका राउत संसद्को नीति निर्माण प्रक्रियामा कत्तिको प्रभावशाली बन्न सक्नुहुन्छ ? जनमत पार्टीले संगठनको बलमा जित सुनिश्चित गर्ने दाबी गरिरहे पनि, संसद्भित्रको व्यावहारिक राजनीति र शक्ति सन्तुलनको समीकरण उहाँका लागि नयाँ चुनौती हुनसक्छ । २०७९ सालको निर्वाचनमा डा. राउतले सप्तरी २ मा १८ हजारभन्दा धेरै मतान्तरले उपेन्द्र यादवलाई पराजित गर्नुभएको थियो । राउत ३५ हजार ४२ मतसहित विजयी हुँदा यादवले १६ हजार ९७९ मत मात्रै ल्याउनुभएको थियो । यसपटको निर्वाचनमा भने यादवले सप्तरी ३ बाट उम्मेदवारी दिनुभएको छ । स्थानीय शासनदेखि संघीय आकांक्षा : सतिश सिंह अर्का प्रत्याशी स्वाभिमान पार्टीका सतिश सिंह शासनको अभ्यासबाट उदाउनुभएका नेता हुनुहुन्छ । उहाँले २०७४ देखि २०७९ सम्म तिलाठी कोइलाडी गाउँपालिकाको अध्यक्षका रूपमा काम गर्नुभयो । २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारसँग पराजित भए पनि त्यसपछि प्रदेशसभा सदस्य बनेर प्रदेश सरकारको नेतृत्वसमेत सम्हाल्नुभयो । प्रदेश राजनीतिमा कार्यकारी अनुभव बटुल्नुभएका सिंह आफूलाई ‘काम गर्ने र परिणाम दिने’ नेताका रूपमा प्रस्तुत गरिरहनु भएको छ । उहाँको उम्मेदवारीलाई प्रदेश तहबाट संघीय राजनीतितर्फ नेतृत्व सर्ने प्रयासका रूपमा समेत व्याख्या गरिएको छ । सिंहको चुनावी रणनीति व्यक्तित्व र कार्यसम्पादनमा आधारित देखिन्छ । उहाँ संगठनभन्दा व्यक्तिगत छवि र कामको मूल्यांकनमा मत मागिरहनु भएको छ । गत निर्वाचनमा राउतका सारथिको रूपमा काम गर्नुभएका सिंह मधेसका पूर्व-मुख्यमन्त्रीसमेत हुनुहुन्छ । सिंह गत निर्वाचनमा प्रदेससभातर्फ सप्तरी क्षेत्र नम्बर २ (क) बाट १६ हजारभन्दा बढी मत ल्याएर विजयी हुनुभएको थियो । सिंहको सप्तरी २ (क) मा राम्रो पकड छ । सो क्षेत्रका छिन्नमस्ता, तिलाठी कोइलाढी, महदेवा र राजविराजसहित चार पालिकाका १९ वटा वडा पर्छन् । अनुभव र परम्परागत आधार : उमेशकुमार यादव तेस्रो धारका रूपमा उभिनुभएको छ, जसपा नेपालका नेता उमेशकुमार यादव । पूर्वसिँचाइ मन्त्रीसमेत रहनुभएका यादव अनुभव, संगठन र परम्परागत मतदाताको भरोसामा चुनावी मैदानमा हुनुहुन्छ । उहाँको उम्मेदवारीले चुनावी गणितलाई थप जटिल बनाएको छ । ३४ उम्मेदवारमध्ये धेरैको उपस्थिति मत विभाजनमा सीमित देखिए पनि यादवको मत आधार निर्णायक मोडमा प्रभाव पार्नसक्ने आँकलन गरिएको छ । उमेश यसअघि संविधानसभा सदस्य र मन्त्रीसमेत बनिसक्नु भएका नेता हुनुहुन्छ । ०७९ को निर्वाचनमा सप्तरी २ (ख) बाट उहाँले चुनाव लड्नुभएको थियो । तर, उहाँ जनमतका महेश यादवसँग पराजित हुनुभयो । उमेशसँग गत निर्वाचनमा जसपा नेपालले ल्याएको १६ हजार ९७९ र लोसपाले ल्याएको सात हजार ३४४ मतको बल छ । यसमा उहाँले तत्कालीन माओवादीको पनि मत बटुल्ने आशा राख्नुभएको छ । परिणाम नजिकिँदै जाँदा उहाँतर्फ कसको मत झुक्छ ? भन्ने प्रश्न नै अन्तिम समीकरणको आधार बन्नसक्छ । परिवर्तनको परम्परा र मतदाताको मनोविज्ञान सप्तरी-२ को चुनावी इतिहास हेर्दा २०५६ सालयता कुनै पनि प्रतिनिधिसभा सदस्य दोहोरिएको छैन । यहाँ परिवर्तन नै परम्परा बनेको छ । यसपटक पनि मतदाताको प्राथमिकता परिवर्तनको संकेततर्फ झुकेको विश्लेषकहरू बताउँछन् । अब मतदाता केवल जातीय अपिल वा भावनात्मक नारामा सीमित देखिँदैनन् । उनीहरू रोजगारी, सेवा प्रवाह, पहुँच र प्रभावकारी प्रतिनिधित्व खोजिरहेका छन् । यही कारण यहाँ नयाँ अनुहार र वैकल्पिक राजनीतिक धारले सधैँ स्थान पाउँदै आएको छ । संगठन, नाम व्यक्तित्व यो निर्वाचनलाई संगठनको बल र व्यक्तित्वको प्रभावबीचको प्रतिस्पर्धाका रूपमा पनि हेरिएको छ । जनमत पार्टी बलियो संगठनको दाबीमा छ । सतिश सिंह व्यक्तित्व र कार्यसम्पादनको आधारमा मत मागिरहनु भएको छ । परम्परागत संरचनामा आधारित शक्तिहरू अनुभव र स्थापित नेटवर्कमा भरोसा गरिरहेका छन् । मतदाता कसलाई प्राथमिकता दिन्छन्- पार्टीलाई कि व्यक्तिलाई ? मुद्दालाई कि अनुभवलाई ? यही प्रश्नको उत्तरले केवल एउटा सिटको परिणाम तय गर्ने छैन, मधेसको राजनीतिक दिशासमेत संकेत गर्नेछ । सप्तरी-२ मा खस्ने प्रत्येक मत केवल प्रतिनिधिसभाको एउटा सिटका लागि होइन । यो मधेसको राजनीतिक भविष्यप्रति जनताले दिएको सन्देश हुनेछ । डा. सिके राउतका लागि जित आन्दोलनको संस्थागत स्वीकार्यता हुनेछ । सतिश सिंहका लागि जित प्रदेशबाट केन्द्रतर्फको वैध राजनीतिक यात्रा हुनेछ । उमेशकुमार यादवका लागि जित वा हारभन्दा ठूलो कुरा निर्णायक भूमिकाको स्थापना हो । यसैले, सप्तरी–२ को चुनाव केवल प्रतिस्पर्धा होइन-मधेसको राजनीति अब कुन दिशातर्फ अघि बढ्नेछ भन्ने संकेत हो । हुनत यहाँ प्रमुख राजनीतिक दल कांग्रेस, एमाले, नेकपा, जनअधिकार पार्टी र रास्वपाको पनि उम्मेदवार छन् । तर, अन्य उम्मेदवारको यस क्षेत्रमा खासै प्रभाव देखिएको छैन । यहाँ एमालेबाट मो. जियाउल रहमान, कांग्रेसबाट रामकुमार यादव, नेकपाबाट सूर्यनाथ यादव, रास्वपाबाट रामजी यादव, जनअधिकार पार्टीबाट डा.शरद यादव उम्मेदवार हुनुहुन्छ । ०७९ को निर्वाचनमा सप्तरी २ मा नेपाली कांग्रेस र एमालेले आफ्ना उम्मेदवार खडा गरेका थिएएनन् । कांग्रेसको लोसपा र एमालेको जसपासँग गठबन्धन थियो ।


Share this story

Read Original at ehimalayatimes.com

Related Articles

ehimalayatimes.comabout 11 hours ago
भारतसँगको आर्थिक सहकार्य सहज र परिणाममुखी बनाउनुपर्छ – Himalaya Times

Published: 20260222T024500Z

ehimalayatimes.com1 day ago
आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त

Published: 20260221T123000Z

ehimalayatimes.com1 day ago
चुनावी घोषणापत्रमा शिक्षा : लगानी वृद्धि र नयाँ शिक्षा ऐन प्राथमिकतामा

Published: 20260221T081500Z

ehimalayatimes.com3 days ago
बंगलादेशमा निर्वाचन : पुरानालाई अनुमोदन

Published: 20260220T014500Z

ehimalayatimes.com3 days ago
जेन - जीको रगतमा रजाइँ गर्ने मौकापरस्तहरूलाई चिनौं

Published: 20260219T030000Z

ehimalayatimes.com5 days ago
मुख्य समस्या भ्रष्ट चरित्र कि मृत चेतना ?

Published: 20260218T000000Z