NewsWorld
PredictionsDigestsScorecardTimelinesArticles
NewsWorld
HomePredictionsDigestsScorecardTimelinesArticlesWorldTechnologyPoliticsBusiness
AI-powered predictive news aggregation© 2026 NewsWorld. All rights reserved.
Trending
TariffTrumpTradeAnnounceNewsLaunchPricesStrikesMajorFebruaryCourtDigestSundayTimelineSafetyGlobalMarketIranianTestTechChinaMilitaryTargetsJapan
TariffTrumpTradeAnnounceNewsLaunchPricesStrikesMajorFebruaryCourtDigestSundayTimelineSafetyGlobalMarketIranianTestTechChinaMilitaryTargetsJapan
All Articles
आवेगको भेल , विवेकको झेल
annapurnapost.com
Published 6 days ago

आवेगको भेल , विवेकको झेल

annapurnapost.com · Feb 16, 2026 · Collected from GDELT

Summary

Published: 20260216T120000Z

Full Article

नेकपा एमालेको एउटा तहको नेता रहिरहँदा पनि निरपेक्ष रूपमा यो पार्टीलाई नै भोट हाल्नुस् भनेको छैन, भन्ने पनि छैन। सचेत नागरिक हुँ। अग्रजहरूले राणा शासनलाई फालेर प्रजातन्त्र ल्याए। राजाले धोका दिएर एकदलीय पञ्चायती व्यवस्था लागू गरी ३० वर्ष शासन गरे। मेरो पुस्ताको समेत संलग्नतामा २०४६ सालको संयुक्त जनआन्दोलनले पञ्चायती व्यवस्थालाई पराजित गरी प्रजातन्त्र र बहुदलीय व्यवस्था पुनस्र्थापित गर्‍यो। नेकपा एमालेको अल्पमतको सरकारले जनपक्षीय काम गर्‍यो। तर संविधानको गलत व्याख्या गरी सरकार विघटन भयो। दक्षिणको चाहनामा शेरबहादुर देउवाको जम्बो मन्त्रिमण्डल बन्यो। सांसद किनबेच गर्ने विकृत राजनीतिक संस्कार सुरु भयो। पञ्चायती शासकहरूलाई कांग्रेस र एमालेले प्रधानमन्त्री बनाए। जसले संसदीय व्यवस्थालाई एउटा खेल जस्तो बनाए। अस्थिरताको तरल अवस्थामा माओवादीले सशस्त्र विद्रोह रोज्यो। परिणामस्वरूप १७ हजार नेपालीले ज्यान गुमाउनु पर्‍यो। राजनीतिक अस्थिरताकै बीच राजाले शासनसत्ता हातमा लिए। एमाले र कांग्रेसको नेतृत्वमा संसद् पुनस्र्थापित गरियो। माओवादीहरू शान्ति प्रक्रियामा आएपछि संविधानसभाको निर्वाचन भयो। पहिलो बैठकबाटै राजतन्त्र अन्त्य भएको घोषणा गरियो। अहिले जनताको प्रतिनिधिले राज्य सञ्चालन गरिरहेको इतिहास छ। विगतको अध्ययन नगरी वर्तमानको विश्लेषण मात्र गरिँदैछ। नयाँ पुस्ताको यो शैलीले राजनीतिमा अस्थिरता निम्त्याउँछ। यसले देशको सार्वभौमिकता र अखण्डतामा संकट ल्याउँछ। नयाँ पुस्ताले विकसित देशसँग नेपाललाई तुलना गर्छन्। अमेरिका, अस्ट्रेलिया, जापान, सिंगापुरको स्तर किन पुगेन ? भन्छन्। छिमेकी मुलुक भारत सरह नभएकोमा चिन्ता प्रकट गर्छन्। यस्ता प्रश्नहरू गर्दा इतिहासका पाना पल्टाउनु जरुरी छ। साल २००७, २०१७ र २०४६ पूर्वको अवस्था हेरौं। २०४६ सालको परिवर्तनपछि मुख्य दलहरू नै जवाफदेही छन्। कांग्रेसको बहुमतको सरकार साढे दुई वर्षमै असफल भयो। मध्यावधि निर्वाचनपछि एमालेको अल्पमतको लोकप्रिय सरकार बन्यो। संविधानको गलत व्याख्या गरी एमाले सरकार हटाइएको थियो। यसपछि नै देशमा माओवादी हिंसात्मक आन्दोलन सुरु भयो। २०६२/६३ को आन्दोलनले संघीय लोकतान्त्रिक गणतन्त्र ल्यायो। राजतन्त्रको अन्त्यपछि समाजवादको नयाँ आधार तयार गरियो। संविधानसभाको दोस्रो निर्वाचनले ऐतिहासिक नयाँ संविधान जारी गर्‍यो। एमालेको कार्यकर्ता भएर यो समीक्षा गर्छु। शासन सत्ता सम्हाल्नेले अब जस र अपजस लिनुपर्छ। पञ्चायतकालमा जनताले बोल्ने अधिकारसमेत पाउँदैनथे। गाउँमा प्राथमिक शिक्षाको समेत कुनै सुनिश्चितता थिएन। छोरीलाई पढाउने सामाजिक र सांस्कृतिक संस्कार नै थिएन। सडक, विद्युत् र झोलुंगेपुलको कुनै व्यवस्था थिएन। नदी तर्न काठको ढुंगाको जोखिमपूर्ण सहारा लिनुपथ्र्यो। स्वास्थ्य चौकीमा सामान्य सिटामलसमेत उपलब्ध हुँदैनथ्यो। जमिनको कर र वन मुद्दाले जनता पीडित थिए। १६ घण्टा श्रम गर्दा पनि पेटभरि खान पुग्दैनथ्यो। त्यस्तो अँध्यारो अवस्थाबाट हामी अहिले यहाँ आइपुगेका छौं। गाउँका कुनाकाप्चामा पनि अहिले विद्यार्थीले १२ कक्षा पढ्छन्, राजधानी वा सहर धाउनु पर्दैन।भारी बोकेरै भए पनि छोराछोरीलाई बोर्डिङ पढाउँछन्। विश्वका धनी मुलुकमा नेपाली युवाहरू श्रम गर्न पुगेका छन्। त्यहाँको विकास देखेर उनीहरू आफ्नो देश सम्झन्छन्। देश पछि पर्नुमा शासकहरू नै जिम्मेवार भएको ठान्छन्। तर परिस्थितिको विश्लेषण सधैं सापेक्षतामा गरिनु पर्छ। निरपेक्ष ढंगले हेर्दा नेपाल अझै गरिब देश हो। कुन सरकारले के नीति ल्यायो भन्ने बुझ्नुपर्छ। सामाजिक र आर्थिक प्रभावको वस्तुगत विश्लेषण गर्न जरुरी छ। भौतिक विकासको क्षेत्रमा परेको प्रभाव पनि हेरिनुपर्छ। केवल दोष दिएरमात्रै सही निष्कर्षमा पुग्न सकिँदैन। विगत र वर्तमानको दुरी बुझ्नु नै वास्तविक चेतना हो।नेपाली समाजमा प्रायः सधैं राजनीतिमा धेरै चासो देखिन्छ। विकसित मुलुकका धेरै मानिस राजनीतिमा खासै चासो राख्दैनन्। नेपालमा भने ७० प्रतिशतसम्म मानिसले भोट हाल्ने गर्दछन्। सामन्ती संस्कृतिबाट हुर्केको हाम्रो राजनीतिक संस्कार अझै उस्तै छ। जुन जोगी आए पनि कानै चिरेको भन्ने भान हुन्छ। नयाँ भनिएको पुस्ताले आफ्नै मौलिक सभ्यता बिर्सिँदै गएका छन्। अंग्रेजी मोह र पश्चिमा संस्कृतिले नयाँ पुस्तालाई निकै गाँजेको छ। विश्वबजारमा बिक्ने जनशक्ति बनाउने नाममा बोर्डिङ संस्कार फस्टायो। विदेशी विश्वविद्यालयको सम्बन्धनले गर्दा शिक्षामा निकै भिन्नता आएको छ। अभिभावकले चाहेको भन्दा नयाँ पुस्ता पूरै फरक भइरहेका छन्। अंग्रेजी भाषाको मोहले गर्दा युवाहरू पश्चिमा संस्कृतिमा डुबेका छन्। अहिलेको नयाँ पुस्ता र्‍याप गाउन र ट्याप खान थाले। पूर्वीय संस्कार भुलेर उनीहरू बाहिरी फेसनमा बढी रमाउन थाले। ध्यान र ज्ञानको सट्टा अँध्यारोमा राजनीतिक खेल खेल्दैछन्। कालो चस्मा लगाएर उनीहरू आफ्नै धुनमा मग्न देखिन्छन्। यी सबै क्रियाकलापले समाजमा डरलाग्दो परिस्थितिको निर्माण गर्दैछ। भविष्यमा यसले धान्न नसकिने खालको गम्भीर संकट ल्याउन सक्छ।पुरानोको ठाउँमा नयाँ आउनु धेरै राम्रो कुरा हो। तर नयाँहरू कहाँबाट सञ्चालित छन् भन्ने मुख्य हो। लोकतन्त्रमा नागरिकले आफ्नो प्रतिनिधि आफैं छान्ने अधिकार छ। नेपालको मौलिक संस्कृति नष्ट गर्ने खेल भइरहेको देखिन्छ। राज्य नियन्त्रण गर्ने विदेशी खेलप्रति नागरिक सचेत हुनुपर्छ। सामाजिक सञ्जाल चलाउने पुस्ताले मातृभूमि र पुर्खा सम्झनुपर्छ। देश निर्माणमा योगदान गर्ने पुस्ताले सावधानीपूर्वक प्रचार गर्नुपर्छ। नवीन सोच भएका साथीहरूले पनि देशको अस्तित्व बुझ्नुपर्छ। देश रहेमा मात्र नीति र कार्यक्रम लागू गर्न पाइन्छ। राजनीतिक अस्थिरतामा विदेशीले धमिलो पानीमा माछा मार्न सक्छन्। सावधानी नअपनाए हाम्रो देशको सार्वभौमिकता खण्डित हुन सक्छ। देश पुनः अर्ध–उपनिवेशमा प्रवेश गर्ने खतरा उत्तिकै छ। परिस्थिति बिग्रिएमा देशको अस्तित्व नै मेटिन सक्ने देखिन्छ। त्यसैले हरेक सचेत नेपालीले बेलैमा सावधानी अपनाउनु जरुरी छ।तमाम नेपालीले सही ढंगले राजनीतिक विश्लेषण गर्नुपर्छ। पार्टी र उम्मेदवारहरूको सही ढंगले मूल्यांकन गर्नुपर्छ। ताकि अब जित्ने नेताले देश विकास गरी ती संरचनाको सुरक्षा गर्नुपर्छ। सामाजिक सद्भाव जोगाउँदै प्राकृतिक स्रोतको उपयोग गर्नुपर्छ। रोजगारी सिर्जना गरी उत्पादन बढाउँदै आत्मनिर्भर बन्नुपर्छ। ‘आफ्नो गाउँ आफैं बनाऔं’ भन्ने कार्यक्रम रोज्नुपर्छ। ग्रामीण समुदायका साना समस्याहरू सही ढंगले सम्बोधन गर्नुपर्छ। एमालेको नौ महिने सरकारले जनपक्षीय नीति ल्याएको थियो। मनमोहन अधिकारीको नेतृत्वमा सामाजिक सुरक्षाका कार्यक्रम आए।अहिले देशका हरेक कुनाकाप्चामा सडकहरू पुगेका छन्। गाउँबस्तीसम्म विद्युत् र माध्यमिक शिक्षाको पहुँच पुगेको छ। प्राथमिक स्वास्थ्य सेवा र ठूला कृषि परियोजनाहरू चल्दैछन्। डाइभर्सनजस्ता गौरवका योजनाहरू पूरा गर्ने कोसिस हुँदैछ। मेलम्चीको पानी ल्याएर खानेपानीको समस्या समाधान गरियो। देशमा अहिले आधुनिक सुरुङ मार्गहरू निर्माण भइरहेका छन्। ऐतिहासिक पारवहन सन्धि गरेर परनिर्भरता हटाइएको छ। भूपरिवेष्ठित मुलुकलाई अहिले भू–जडित बनाउने काम भएको छ।जलस्रोतको उपयोग गरी विद्युत् बिक्री गर्ने नीति छ। यसबाट ठूलो रकम आर्जन गर्ने लक्ष्य लिइएको छ। भौतिक पूर्वाधार निर्माण गरी सामाजिक सद्भाव कायम गरिनेछ। नेपालको प्राकृतिक सुन्दरता देखाएर पर्यटन प्रवर्द्धन गरिनेछ। मुलुकलाई समृद्ध र नागरिकलाई सुखी बनाउने संकल्प छ। नेकपा एमाले र कांग्रेसले लोकतन्त्रका लागि लडेका हुन्। राजतन्त्रको अन्त्य गर्न यी दलको ठूलो भूमिका छ। जसलाई अहिले पुराना पार्टी भनी आलोचना गरिँदैछ। अँध्यारोबाट उज्यालोसम्म ल्याउन यिनै दलको योगदान छ।एमालेको नीति र कांग्रेसको साथले यो सम्भव भयो। सत्ता बाहिर रहेकाहरू अहिले निकै छटपटाइरहेका देखिन्छन्। विदेशी शक्तिहरू नेपालको प्राकृतिक स्रोतमा आँखा लगाउँदैछन्। उनीहरू राजनीतिक अस्थिरता निम्त्याएर फाइदा लिन चाहन्छन्। विभिन्न एजेन्टहरू नयाँका नाममा राजनीतिमा देखिएका छन्। उनीहरूले अहिले सामाजिक सञ्जाल कब्जा गरिरहेका छन्। माटोमा पसिना बगाउने किसानहरू नै सच्चा भूमिपुत्र हुन्। तपाईंहरूको हक र अधिकार सुनिश्चित गर्न जरुरी छ। राष्ट्रिय पुँजी र घरेलु उद्योगको संरक्षण गर्नुपर्छ। देशको स्वाधीनता जोगाउनु हामीले नै पर्छ।श्रेष्ठ, खाँडादेवी गाउँपालिकाको अध्यक्ष हुन्।


Share this story

Read Original at annapurnapost.com

Related Articles

annapurnapost.com4 days ago
देशभित्र र प्रवाससम्म दुस्प्रचारको जोखिम

Published: 20260218T063000Z

annapurnapost.com4 days ago
छिमेकीको ऐनामा आफ्नै अनुहार !

Published: 20260218T063000Z

annapurnapost.com5 days ago
भक्तपुर – १ मा नेमकिपाको विरासत भत्काउने चुनौती

Published: 20260217T110000Z

annapurnapost.com5 days ago
पुरानाको जरा दर्बिलो र मत बदल्ने नयाँको जोडले गोरखाको चुनाव पेचिलो

Published: 20260217T110000Z

annapurnapost.com7 days ago
नेपाल एकीकरणमा सैन्य गौरव

Published: 20260215T080000Z

curierulnational.roabout 1 hour ago
România accelerează bugetarea verde . Etichetarea cheltuielilor bugetare și fiscale pentru anul 2025 a fost finalizată cu succes

Published: 20260222T124500Z