NewsWorld
PredictionsDigestsScorecardTimelinesArticles
NewsWorld
HomePredictionsDigestsScorecardTimelinesArticlesWorldTechnologyPoliticsBusiness
AI-powered predictive news aggregation© 2026 NewsWorld. All rights reserved.
Trending
TariffTrumpTradeAnnounceNewsLaunchPricesStrikesMajorFebruaryCourtDigestSundayTimelineSafetyGlobalMarketIranianTestTechChinaMilitaryTargetsJapan
TariffTrumpTradeAnnounceNewsLaunchPricesStrikesMajorFebruaryCourtDigestSundayTimelineSafetyGlobalMarketIranianTestTechChinaMilitaryTargetsJapan
All Articles
एकजना लडाकुलाई सम्झँदा
ehimalayatimes.com
Published 6 days ago

एकजना लडाकुलाई सम्झँदा

ehimalayatimes.com · Feb 16, 2026 · Collected from GDELT

Summary

Published: 20260216T081500Z

Full Article

प्रा.डा.यज्ञप्रसाद अधिकारी (२०१०) ले राजनीतिशास्त्र विषयमा स्नातकोत्तर उत्तीर्ण गरेर त्रिभुवन विश्वविद्यालय अन्तर्गतको भरतपुर चितवनमा रहेको वीरेन्द्र बहुमुखी क्याम्पसबाट सहायक प्राध्यपक पदबाट प्राध्यापन प्रारम्भ गरी त्यसै क्याम्पसबाट उपप्राध्यापक भएर नेपाल एसियाली अनुसन्धान केन्द्रमा आएपछि सहप्राध्यापक र प्राध्यापक भएका व्यक्ति हुन् । यिनी माध्यमिक विद्यालयमा पढ्दादेखि नै राजनीतिक चेतनाको ज्योतिको आलोकले आलोकित रहेका देखिन्छन् । यिनी गण्डकी छात्र परिषद्को भेलामा भाग लिन निमाविमा पढ्दै गरेका बेलामा नै पोखरा आएका थिए । त्यस बेलादेखि नै लागेको राजनीतिक चस्काले उनलाई वीरेन्द्र बहुमुखी क्याम्पसमा आईएमा पढ्दा नै विद्यार्थी युनियनको सभापति पदमा चुनाव जितेर काम गरेका थिए । यिनी २०३६ सालको छात्र आन्दोलनपछि भएको विश्वविद्यालयको विद्यार्थी युनियनको चुनावमा नेपाल विद्यार्थी संघका झण्डामुनि रहेर त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु सभापति जितेका थिए । २०३३ साल पुस १६ गते जननायक विश्वेश्वरप्रसाद कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर लामो प्रवासकाललाई त्यागेर देशमा फर्केका बेलाको उहाँको वक्तव्य बाँड्दाबाँड्दै पक्राउ परेर जेल बसेका थिए । त्यस बेलाको समय भित्ताका पनि कान हुन्छन् भनेर सानाठूला सबैले सबैलाई तर्साउने, झस्काउने र थर्काउने काममा राजापञ्च सबै लागेकै हुन्थे । राजनीतिक या वैचारिक उदारताको गर्भाधान नै भएको थिएन भने पनि फरक नपर्ने अवस्थाको अनुभूति हामी सबैले बोकेकै छौं । यिनका जीवनमा पनि उकाली ओराली आएको थियो । ‘यांचिन्तयामिशततं मयि सा विरक्ता’ अर्थात् जसका सम्बन्धमा म २४ सै घण्टा चिन्तित रहन्थे ऊ चाहिँ मलाई नै काउछो ठान्ने । पहिलो विवाह चितवनकै उमा रेग्मीसँग भएको थियो । यिनले आफूलाई भन्दा जीवन संगिनीलाई राजनीतिमा सघाउने निर्णय गरेर आफ्नो पुर्खौली थलो पर्वतबाट पहिलो पटक आफैं लागेर चुनाव जिताएर संसद्मा पु¥याए पनि तर वैवाहिक जीवन धेरै चलेन २०६५ सालतिर आएर पारपाचुके भयो । एउटा पुत्र यी दम्पतीका रहेका छन् । २०४८ सालदेखि यताका कतिपय दिनमा हामीले पार्टीमा आएका विचलनका विरुद्ध बोल्ने, प्रशिक्षण दिने, नीति, विचार तथा सैद्धान्तिक प्रधानताका निमित्त डा.यज्ञले देशैभरि प्रशिक्षण गर्दै हिँडेका थिए । गुणको बैरी मानुष जाति अब कसले सम्झने ? ती काम कसरी किन गरेका थिए भनेर । ‘अरक्षितं तिष्ठति दैव रक्षितं’ मानवबाट असुरक्षित पनि यदि दैवले सुरक्षा गर्न चाहेको छ भने रहन्छ । कहिलेकाँहि दुःखद् घटना पनि सुखद् र अमर परिणामदायी बन्दारहेछन् । यज्ञ अधिकारीका जीवनमा यस्तै भएको देखियो । पहिली पत्नीसँगका पीडा बेला कुबेला साथीका नाताले सुन्नुपर्दा पनि दिक्क लागेर आउँथ्यो मानव नियतिप्रति । पछि धादिङ निवासी सुश्री भुवन थपलियासँग मागी विवाह भएपछि यज्ञका दाम्पत्य जीवनमा नवयुग आएको थियो । भुवन सुसंस्कृत नारीमात्र थिइनन् साक्षात् गृहलक्ष्मी थिइन् । ब्रेन स्टोक भएका बेला उनले यज्ञलाई गरेको सेवा सुश्रुषा जसले देख्यो र अन्तर हृदयले अनुभव ग¥यो उसका मुखबाट भुवनलाई देवीकै सम्बोधन निक्लन्छ । प्राचीन समयमा दम्पतीलाई भगवानका घरबाट मिलाएर पठाएको जोडी भनिन्थ्यो । आजका अनुसार आवश्यक्ताका बीचको कन्ट्याक्ट मात्र हो । काम छउन्जेल भाँडो काम सकिएपछि आफल तेरो ठाँडो । हुन पनि उनकी पहिली पत्नीबाट यस्तै व्यवहार भएको रहेछ क्यारे । अहिले उनी अति नै सन्तुष्ट र आनन्दित पनि देखिन्थे । हामी स्नातकोत्तर सँगै थियौं । एम ए तहमा उनी राजनीतिशास्त्र पढ्थे म नेपाली साहित्य । हामीले उनलाई स्ववियुको सभापति पनि बनाएका थियौं । पहिली पत्नीसँग छोडपत्र भएर भुवन थपलियासँग विवाह गरेपछि करिब दस वर्षमा नै नियतिलाई यो खुशी पाच्य भएनछ । २०७५ वैशाख १९ गते राति यज्ञलाई ब्रेन स्टोक भएछ । त्यस बेला म धाङमा थिएँ । खबर सुनेर काठमाडौं आएँ, गर्न केही सकिन प्रकाशजीसँग र भुवन म्यामसँग बाँसबारीको न्यूरो अस्पतालमा केही क्षण कुरा गरेर फर्कें । नेपाली प्राध्यापकको अवस्थाका कारणले कतै साथीभाइ, पार्टी, सरकार गुहार्ने कि भनेर पनि कुरो गरियो तर होइन हेरौँ केही दिन । आत्तिएर अरूलाई दुःख नदिऊँ भन्ने प्रकाश र भुवन म्यामका कुराले फेरि फर्केर म दाङ गएँ । आयुवेदिक उपचार, प्राकृतिक उपचार र न्यूरो चिकित्साका समेत उपचारले राम्रो हुँदैगएको थियो । तीन महिनासम्म नबोलेका यज्ञले तीन महिनापछि एक दिन एकाएक ‘आमालाई कसले हेरेको छ ? र शेरबहादुरले मुलुकलाई राम्रो गरेनन्’ भनेर प्वाक्क दुई वाक्य बोलेछन् । उनकी आमा मृत्यु शैयामा हुनुहुन्थ्यो । छोराको अवस्था यस्तो थियो । त्यो आमाका मनमा के बित्यो होला । जननी र मातृभूमिका चिन्ताले उनलाई तीन महिनादेखि बन्द रहेको बोली फुटाएको रहेछ । प्रजातन्त्र पुनः प्राप्तिका लागि भएका तमाम कार्यक्रम हामी जस्तै पेशाकर्मीमा निर्भर रहेको थियो । दलीय अभ्यासको रूपरेखा देखाउन पनि प्राध्यापक, वकिल, पत्रकारजस्ता पेशाकर्मीले देशभरि डुलेर भोट मागेर दलीय झल्को दिएर नेपाली जनताका मनमा बहुदलीय क्रियाकलापको सम्झना सुरक्षित गर्नु पर्दथ्यो । तेहि नो दिवसाःगता ः हो, निश्चय नै ती दिन गए २०४८ सालदेखि यताका कतिपय दिनमा हामीले पार्टीमा आएका विचलनका विरुद्ध बोल्ने, प्रशिक्षण दिने, नीति, विचार तथा सैद्धान्तिक प्रधानताका निमित्त डा.यज्ञले देशैभरिजसो प्रशिक्षण गर्दै हिँडेका थिए । गुणको बैरी मानुष जाति अब कसले सम्झने ? ती काम कसरी किन गरेका थिए भनेर । देख्ने मरे सुन्नेका सही आज न यज्ञ नै अब काम गर्न सक्ने अवस्थामा न त काम गर्ने वातावरण, न त आजको नेपाली कांग्रेसका नेतृत्वलाई बौद्धिक बहसको नै आवश्यक्ता छ । यसभन्दा पहिलेका शृंखलामा मैले भक्ति र राजनीतिको कुरो गरेको थिएँ । भगवान पनि भजन मण्डली खोज्ने भक्तसँग नेता पनि आफूले गरेका जघन्यतम अपराध र अनुचित कार्यको पनि कार्यकर्ता, धनबली, बाहुबली, गिदीबली र गिदीशून्यबाट पनि ढाकछोप र कीर्तन चाहने । आजको राजनीतिको यो विद्रुपतालाई मेरा मित्र यज्ञले कसरी पचाइरहेका छन् ?


Share this story

Read Original at ehimalayatimes.com

Related Articles

ehimalayatimes.comabout 11 hours ago
भारतसँगको आर्थिक सहकार्य सहज र परिणाममुखी बनाउनुपर्छ – Himalaya Times

Published: 20260222T024500Z

ehimalayatimes.com1 day ago
आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त

Published: 20260221T123000Z

ehimalayatimes.com1 day ago
चुनावी घोषणापत्रमा शिक्षा : लगानी वृद्धि र नयाँ शिक्षा ऐन प्राथमिकतामा

Published: 20260221T081500Z

ehimalayatimes.com3 days ago
बंगलादेशमा निर्वाचन : पुरानालाई अनुमोदन

Published: 20260220T014500Z

ehimalayatimes.com3 days ago
सप्तरी - २ मा त्रिकोणात्मक प्रतिस्पर्धा

Published: 20260220T014500Z

ehimalayatimes.com3 days ago
जेन - जीको रगतमा रजाइँ गर्ने मौकापरस्तहरूलाई चिनौं

Published: 20260219T030000Z