NewsWorld
PredictionsDigestsScorecardTimelinesArticles
NewsWorld
HomePredictionsDigestsScorecardTimelinesArticlesWorldTechnologyPoliticsBusiness
AI-powered predictive news aggregation© 2026 NewsWorld. All rights reserved.
Trending
AlsNewsFebruaryMajorDane'sResearchElectionCandidateCampaignPartyStrikesDigestSundayTimelinePrivateCrisisPoliticalEricBlueCreditFundingRamadanAdditionalLaunches
AlsNewsFebruaryMajorDane'sResearchElectionCandidateCampaignPartyStrikesDigestSundayTimelinePrivateCrisisPoliticalEricBlueCreditFundingRamadanAdditionalLaunches
All Articles
जसको एजेन्डा प्रविधि , उही हो हाम्रो प्रतिनिधि
onlinekhabar.com
Published about 20 hours ago

जसको एजेन्डा प्रविधि , उही हो हाम्रो प्रतिनिधि

onlinekhabar.com · Feb 21, 2026 · Collected from GDELT

Summary

Published: 20260221T151500Z

Full Article

मेरो पहिलो भोट शृङ्खला–५ विश्व डिजिटल युगमा घुमिरहेको छ । तर हामी कहाँ घुमिरहेका छौँ ? यी प्रश्नसहित काठमाडौँ विश्वविद्यालयमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अध्ययनरत विद्यार्थीहरू चियाको चुस्कीसँगै धुलिखेलको डाँडाको चिया चौतारीमा गफिँदै थिए । ‘देशको चुनावी अवस्था र वरिपरिको परिस्थितिका विषयमा कुरा गरिरहेका छौँ,’ निराजन द्वारियाले भने । यो पुस्ता यस्तो हो, जो डिजिटलमै हुर्कियो । डिजिटल मानिसको जीवनमा अनिवार्य अङ्ग जस्तै बनेको छ । सोच्नुहोस् त, एकैछिन तपाईंको हातमा मोबाइल–इन्टरनेट भएन भने! भएन भने निकै पछाडि परिसकेको महसुस हुनेछ । त्यसैले त यो पुस्ता गत भदौ २३ र २४ गते सडकमा उत्रियो । रगत बगायो । आक्रोश पोख्यो । शहीद बने । घाइते भए । कारण थियो– सरकारले सामाजिक सञ्जाल बन्द गर्नु । प्रविधिको अधिकतम प्रयोग गर्ने हो, बन्द होइन । आफूले लगानी नगर्ने अनि भएको पनि बन्द गर्ने ? खोइ सरकारले यो क्षेत्रमा लगानी गरेको ? उनीहरू आक्रोशमिश्रित प्रश्न गरिरहेका थिए । उम्मेदवार र एजेन्डा कस्तो हुनुपर्छ ? २१ फागुनमा चुनाव हुँदै छ । तर एआईलाई कुनै पार्टी वा उम्मेदवारले एजेन्डा बनाएका छन् ? घोषणापत्रमा सडक, पूर्वाधार, शिक्षा, स्वास्थ्य, भत्किएका संरचना बनाउने कुरा आए। प्रविधि पनि समेटेका छन्। तर एआई प्राथमिकतामा नपरेको गुनासो उनीहरूको छ । ‘एआई पढ्यौँ, तर कसैको पनि घोषणापत्र मोर्डन एप्रोच (आधुनिक दृष्टिकोण) बाट आएको छैन,’ इशान पाण्डेले गुनासो गर्दै भने, ‘एआईको कुरा कतै सुनिएन। यसमा ठूलो रिसोर्स चाहिन्छ। एआईको कदर भएन भने विदेश जान बाध्य हुन्छौँ ।’ यद्यपि, यसपटक उनीहरूले आशाका साथ सही प्रतिनिधि छनोट गर्ने जिम्मेवारीको बोध भने गरेका छन् । ‘देशको अहिलेको परिस्थिति हेर्दा भोट हालेर केही परिवर्तन आउँछ कि भन्ने आशा छ,’ कुशल कुँवरले भने । पहिले बुवाआमा भोट हाल्न गएको देखेका निराजन द्वारिया यसपटक आफैँ मतदाता भएर मत दिन जाँदै छन् । ‘यसपटक पहिलो भोट हो । पहिले बुवाआमा गाउँघरमा भोट हाल्न जानुभएको देखिन्थ्यो । स्कुल बिदा हुन्थ्यो । तर यसपटक आफैँ भोट हाल्दै छु,’ उत्साहित हुँदै उनले भने, ‘ठूलो जिम्मेवारी आएको जस्तो महसुस भइरहेको छ ।’ तर उनलाई उमेर ढल्केको जस्तो आभास पनि भएको छ । ‘साँच्चिकै खुसी लागिरहेको छ । साथै अब उमेर पनि ढल्किँदै गयो, भोट गर्ने बेला आयो जस्तो लागेको छ,’ उनले भने । रियाज सापकोटा भने घोषणापत्र पढेर मात्र मत दिने सोचमा छन् । ‘सबै कुरा बुझेर, म्यानिफेस्टो (घोषणापत्र) पढेर भोट गर्ने इच्छा छ । पहिला पार्टीलाई हेरेर भोट हाल्थे । अहिले मान्छे हेरेर भोट गर्न मन छ । सही प्रतिनिधि देशले पाओस्,’ उनले आशा गरे । ‘जेनजी’ आन्दोलनपछि समर्थक काफ्लेलाई राजनीतिमा रुचि बढ्यो। र, यसैका कारण उनी भोट हाल्न आतुर देखिए । ‘पहिले राजनीतिप्रति खासै रुचि थिएन । तर ‘रेभोलुसन’ पछि चासो बढ्यो । अब जिम्मेवारी पनि हो,’ आफ्नो ‘एक्साइटमेन्ट’ उनले सुनाए । आदर्श पण्डित देश परिवर्तनका लागि भोट दिन तयार भएका हुन् । ‘राइट उम्मेदवारलाई जिताउने आशा छ। मेरो पहिलो भोट देश परिवर्तनका लागि हो,’ उनले भने । अब झाडापखालाले मान्छे मर्नु नपरोस् उनीहरूले ठूला एजेन्डा खोजेका छैनन् । आधारभूत आवश्यकता पूरा गर्न पहल गर्ने उम्मेदवार खोजेका छन् । ‘एउटा सामान्य बाटो बनोस् । गाउँघरमा स्वास्थ्यचौकी होस् । शिक्षा र स्वास्थ्यमा जवाफदेहिता होस् । ठूला कुरा भन्दा पनि आधारभूत कुरा पूरा होस्,’ निराजन द्वारियाले भने । सुवाङ्गी विष्ट पनि झाडापखालाले मान्छे मर्नुपर्ने अवस्थाको अन्त्य चाहन्छिन् । ‘मेरो गाउँमा अस्पताल बन्न सात वर्ष लाग्यो । बनेपछि पनि डायरियाबाट मान्छे मरिरहेका छन् । यस्तो अवस्था आउनु भएन,’ उनले भनिन्, ‘प्रतिनिधि एकाउन्टेबल (जवाफदेही) होस्। म्यानिफेस्टो वाचा मात्र नबनोस् ।’ चुनाव जितेपछि जनताको माझ पुग्ने उम्मेदवारको पक्षमा उभिए उनीहरू । ‘पाँच वर्षपछि फेरि भोट माग्न आउनेभन्दा सधैँ जनताको कुरा सुनोस् । जनताले बनाएको पद हो भन्ने कुरा नबिर्सियोस्,’ उनले भनिन्, ‘मर्म बुझ्ने, शिक्षित र समझदार नेता होस् । पाँच वर्षमा काम गर्ने स्पष्ट म्यानिफेस्टो भएकोलाई भोट दिने हो ।’ संसद्‌मा एक्लो भए पनि आवाज उठाउन सक्ने नेता उनीहरूले चाहेका छन् । भ्रष्टाचार सुन्न चाहँदैनौँ भ्रष्टाचार अति भयो, अब सुन्न पनि चाहँदैनन् उनीहरू । ‘प्रतिनिधि ट्रान्सपरेन्ट (पारदर्शी) हुनुपर्छ । कसैले प्रश्न गर्दा जवाफदेही हुनुपर्छ । बहाना बनाउने चलन बन्द हुनुपर्छ । हजुरबुवा–हजुरआमा, बुवाआमाले धेरै सुन्नुभयो, अब हामी यस्तो भ्रष्टाचार सुन्न चाहँदैनौँ,’ इशान पाण्डेले भने । काम चाहियो विदेश होइन, देशमै काम चाहेका छन् उनीहरूले । ‘हामी आईटीका विद्यार्थी हौँ। रोड मात्र भएर हुँदैन,’ रियाज सापकोटाले भने, ‘रोजगारी सिर्जना गर्ने वातावरण बनाउने उम्मेदवार चाहिन्छ ।’ युवा विदेश पलायनको बाटो रोकिनुपर्नेमा उनीहरूको जोड छ । ‘युवा विदेश नजानु नै मेरो लागि विकास हो । तर म्यानिफेस्टोमा आधुनिक विषय नआउँदा फेरि विदेश जान बाध्य भइन्छ,’ उनले भने । प्रविधिमैत्री नेपाल समर्थक काफ्ले नयाँ आधुनिक प्रविधिमैत्री बनाउन नसक्दा देश पछाडि परेको निष्कर्ष निकाल्छन् । ‘एआई नयाँ विषय हो। ह्युमन रिसोर्स डेभलपमेन्ट (मानव संसाधन विकास) मा ध्यान नदिँदा देश पछाडि परिरहेको छ । फिजिकल इन्फ्रास्ट्रक्चरमै (भौतिक पूर्वाधारमै) अल्झिनु हुँदैन,’ उनले भने, ‘भिजन भएको विद्यार्थीलाई कदर नगरेसम्म ब्रेन ड्रेन रोकिन्न । सिस्टम ग्रासरूटबाट बदलिनुपर्छ ।’ देशमा प्रविधिको विकास जति हुनुपर्ने हो, त्यति नभएको निष्कर्ष उनीहरूको छ । तर चुनावी प्रचारप्रसार डिजिटल बनेको छ । सामाजिक सञ्जालबाट प्रभावित भएर मत दिने पक्षमा छैनन् उनीहरू । ‘सोसल मिडियाले धेरै इन्फ्लुएन्स गरिरहेको छ । फेक कन्टेन्ट, म्यानिपुलेसनबाट सचेत हुनुपर्छ । सबै हेर्नु, सबै सुन्नु, तर निर्णय आफैँ गर्नुपर्छ,’ उनीहरूले भने । यसपटक पार्टी होइन, उम्मेदवारको एजेन्डा हेरेर मत दिने तयारीमा छन् । प्रतिनिधि जनताको सेवक हुनुपर्नेमा उनीहरूको जोड छ । ‘नेता भगवान् होइन, जनताको सेवक हो । प्रश्न गर्न सक्ने, जवाफ खोज्न सक्ने अवस्थामा पुगेपछि मात्र हामी सफल भोटर हुन्छौँ,’ उनीहरूले भने । तस्बिर/भिडियो : शंकर गिरी र कमल प्रसाईं/अनलाइनखबर मेरो पहिलो भोट शृङ्खला-१ जेनजीको पहिलो भोट, निराशालाई आशामा बदल्न मेरो पहिलो भोट शृङ्खला-२ नयाँ-पुरानो होइन, समाधान दिने उम्मेदवारलाई मतदान मेरो पहिलो भोट शृङ्खला-३ पितृसत्ताको घेरा तोड्न जेनजी महिलाको पहिलो भोट मेरो पहिलो भोट शृङ्खला-४ भोट दिन्छौँ, काम देऊ यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? खुसी दुःखी अचम्मित उत्साहित आक्रोशित


Share this story

Read Original at onlinekhabar.com

Related Articles

onlinekhabar.comabout 20 hours ago
१० हजार मतको अन्तरमा गगन थापालाई हराउँछु – Online Khabar

Published: 20260221T151500Z

onlinekhabar.com1 day ago
गगन दाइ हावाले पात हल्लाउँछ , पहाड होइन

Published: 20260221T053000Z

onlinekhabar.com1 day ago
स्याङ्जाका एमाले उम्मेदवारले सार्वजनिक गरे प्रतिबद्धता

Published: 20260221T053000Z

onlinekhabar.com2 days ago
ओली , बालेन , प्रचण्ड , सेना र विदेशी

Published: 20260220T111500Z

onlinekhabar.com2 days ago
१२ वर्षदेखि स्वतन्त्र उम्मेदवार : एक्लै घुमिरहेछन् मतदाताको घरदैलो

Published: 20260220T111500Z

onlinekhabar.com2 days ago
मधेशमा एमाले नेतृत्वको सरकार बनाउनु गल्ती थियो – Online Khabar

Published: 20260220T081500Z