NewsWorld
PredictionsDigestsScorecardTimelinesArticles
NewsWorld
HomePredictionsDigestsScorecardTimelinesArticlesWorldTechnologyPoliticsBusiness
AI-powered predictive news aggregation© 2026 NewsWorld. All rights reserved.
Trending
AlsNewsFebruaryMajorDane'sResearchElectionCandidateCampaignPartyStrikesDigestSundayTimelinePrivateCrisisPoliticalEricBlueCreditFundingRamadanAdditionalLaunches
AlsNewsFebruaryMajorDane'sResearchElectionCandidateCampaignPartyStrikesDigestSundayTimelinePrivateCrisisPoliticalEricBlueCreditFundingRamadanAdditionalLaunches
All Articles
ओली , बालेन , प्रचण्ड , सेना र विदेशी
onlinekhabar.com
Published 2 days ago

ओली , बालेन , प्रचण्ड , सेना र विदेशी

onlinekhabar.com · Feb 20, 2026 · Collected from GDELT

Summary

Published: 20260220T111500Z

Full Article

अमेरिकी सेनाले नेपालमा परेड खेल्यो भन्ने हल्ला धेरै चलेपछि मैले खुद अमेरिकी सैनिकसँग कुरा गरें। तिनको जवाफ पाएपछि यो एस्प्रेसो बनाउने विचार फुर्‍यो। अमेरिकी सैनिकको प्रसंगमा एकैछिन पछि आउँछु। पहिले हाम्रो प्रश्न गर्ने, जवाफ दिने, प्रतिप्रश्न झेल्ने, फेरि जवाफदेही बन्ने संस्कार कस्तो छ भन्नेमा थोरै कुरा गरुँ। समय धेरै बदलिएछ। एमाले अध्यक्ष केपी ओली दोस्रोपल्ट प्रधानमन्त्री रहेका बेला हामीले अन्तर्वार्ताको प्रस्ताव गरेका थियौं। सचिवालयबाट प्रश्न पठाउन भनियो, लिखित उत्तर पठाउने जवाफ पाइयो। जनताको करले चल्ने राज्यका प्रधानमन्त्रीसँग आमनेसामने गर्न नपाउने भएपछि हामीले प्रश्न पठाएनौं। केही सातापछि अर्को पत्रिकाले लिखित प्रश्नोत्तर छाप्यो। सामान्यतया यस्तो अभ्यास गर्नुहुँदैन भन्ने पत्रकार साथीहरूलाई प्रस्ताव छ। ‘प्रिमियम’, ‘एक्सक्लुसिभ’ भन्दै एउटा पंक्तिले जति ब्रान्डिङ गरे पनि पुक्खली ओली मेसो मिलाएर लामा भाषण गरिरहन्थे। हेर्नुस् त, अहिले ओली बदलिएका छन्। फागुन ५ गते मंगलबार झापा ५ का उम्मेदवार बीच लाइभ डिबेट गरेपछि फेसबुकमा ओलीले लेखे : ‘प्रश्न सोधौं, एमाले रोजौं। उम्मेदवारले एकैठाउँ बसेर प्रश्नको जवाफ दिनु लोकतन्त्रको पारदर्शिता हो। प्रश्न छलेर आफूलाई राम्रो देखाउने राजनीति हामीले गरेनौं।’ ओलीको जवाफ पढेपछि एक फेसबुक प्रयोगकर्ताले लेखे : ‘चुनावकै बहानामा भए पनि ओलीले मतदातासामु निहुरिएर एक–एक जवाफ दिनु परिरहेको छ। यो राम्रो हो।’ कुरो ठिकै हो, नत्र त लिखित प्रश्नोत्तरको युगबाट आमनेसामने सवालजवाफको मौका कहाँ सबैलाई मिल्छ र ? पत्रकार विजय पौडेलले चलाएको लाइभ डिबेटमा ओलीसँग कांग्रेसकी मन्धरा चिमरिया, नेकपाका रन्जित तामाङ लगायत उम्मेदवार पुगे। रास्वपा उम्मेदवार बालेन शाह भने अनुपस्थित रहे। रास्वपाका स्थानीय कार्यकर्ताहरू बालेनले आफ्ना योजनाहरू छुट्टै बनाएर हिंडेको, आफूहरूलाई बाइपास गरेको भन्दै रुष्ट देखिन्छन्। बालेनले प्रश्न छलेको विषयलाई ओलीले समेत मतदाता उचाल्ने बहाना पाएका छन्। झापाकै एक भेलामा बालेनले काठमाडौं मेयर छँदा आफ्नो सफलता भनी प्रचार गरेको फोहोर व्यवस्थापन बारे बोल्दै थिए। उनले फोहोर व्यवस्थापन गर्न विदेशीले नदिएको आरोप लगाए। कुन विदेशीले, कहिले, कुन प्रसंगमा यस्तो दबाब दिए भन्नेबारे चुइँक्क बोलेनन्। विजय पौडेल वा अर्को कोही पत्रकारले पाएको भए उनलाई राम्रोसँग सोध्ने थिए, उनले पनि जवाफ दिने अवसर छोप्ने थिए। तर बालेनले त्यो गरेनन्। प्रिय पाठक तथा दर्शकवृन्द; तपाईंहरू यो नठान्नुहोला कि, दोष बालेनको मात्रै हो। यो समस्या त नेपाली राजनीतिमा लामो समयदेखि हुर्कंदै आएको जवाफदेहीविहीनताको हो, जसको सबैभन्दा बढ्ता दुरुपयोग यसअघिका नेताहरूले नै गरेका छन्। उनीहरूले जवाफदेही हुनु नपर्ने संस्कार स्थापित गरिन्जेलमा त बालेनले राजनीति थालेका समेत थिएनन्। अब अमेरिकी सैनिकसँग जोडेर कुरा गरुँ। यसैपालि ओलीलाई हेरौं न। नेपालमा अमेरिकी सेनाले परेड किन खेल्यो भनी भ्रम फैलाउन ओली नै व्यस्त भए। फागुन ४ गते अर्थात् शिवरात्रिको भोलिपल्ट २६३औं सेना दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीलाई निम्त्याएर जंगी अड्डाले एक सांस्कृतिक कार्यक्रम देखायो। त्यहाँ मैले पनि सहभागी हुने अवसर पाएको थिएँ। नेपाली सेनासँगै भारत, बेलायत र अमेरिकाका सैनिक ब्यान्डहरूले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धुन सुनाए। शिवपुराण, राग कत्थक, गोइङ होम, अर्थ विन्ड एन्ड फायर मेड्ले, काले केटाले र यही हो नेपाल। यी गीतका धुनहरू बजाउँदा अमेरिकी, बेलायती, भारतीय र नेपाली सैनिकहरू एकैसाथ मञ्चमा देखिएर ब्यान्ड डिस्प्ले गरे । २६ जना अमेरिकी सैनिकको टिमलाई नेतृत्व गरेर आएका अलेक्जेन्डर डेभिससँग कार्यक्रम सकिएपछि सँगै डिनर गर्ने संयोग मिल्यो। मैले उनलाई सोधें, ‘पहिलोचोटि आएका हौ ?’ अमेरिकी सैनिक डेभिसले भने, ‘पोहोर पनि आएको हुँ। तर यसपल्ट व्यर्थै विवादित भइयो।’ त्यसपछि उनले केही अनौपचारिक प्रसंगहरू सुनाए। ती सबै यहाँ उद्धृत गर्न नमिले पनि सारमा बुझ्न सकिन्थ्यो– संयुक्त सैनिक अभ्यास वा अन्य सैन्य कूटनीतिक आदानप्रदानको लामै इतिहास छ भारत, बेलायत र अमेरिकासँग। कतिसम्म भने चीनका आमन्त्रित अतिथि समेत जंगीअड्डामा देखिन्थे। यसमा मिलाउनुपर्ने पक्षहरू केही भए सरकारी तहले विचार गरे भइहाल्यो। टन्टै साफ। तर अमेरिकाको हवाईबाट आएका ती सैनिक डेभिसले पोहोरसाल नेपालमा आएर सैन्य प्रदर्शन गर्दा को प्रधानमन्त्री थियो ? केपी शर्मा ओली। यसअघिका पटक–पटक सैन्य अभ्यास र सहयोगका बेला को थियो ? यिनै ओली, देउवा, प्रचण्डहरू। अहिले हेरौं त। वामपन्थी पार्टीहरू हावामा कुदिरहेका छन्– अमेरिकाले सेना पठायो भनेर। यो हल्ला यति चर्को छ कि एमसीसीको बहस सुरुवातकर्तामध्ये एक मानिने स्वर्णिम वाग्लेहरू समेत एमसीसी कांग्रेस, एमाले र माओवादीहरूले ल्याएको भन्न थालिसके। अँ त, यिनै स्वर्णिम वाग्लेले तनहुँको थानाथान मन्दिरको भाकल गर्दै गाउँमा विकास पूर्वाधार ल्याइछाड्ने कसम खाएको पनि सुनियो। अझ रवि लामिछाने भन्दैछन्– आफू जेलमा सुतिरहेका बेला मध्यरातमा आएर सुरक्षाकर्मीले तेरो अन्तिम इच्छा के छ भन् भनी सोधे रे ! यी त केही उदाहरण मात्रै हुन्। अनलाइनखबरको टिमले स्थलगत रिपोर्टिङका क्रममा चुनावमा उम्मेदवारका बाचासामु सत्य अलपत्र परेको पत्ता लगाएर आयो। विदेशीले गर्दा फोहोर उठाउन सकिएन भन्ने बालेन, अमेरिकाले सेना पठाएर हस्तक्षेप थाल्यो भन्ने ओली, नेपाल युक्रेन र बंगलादेश बन्न लाग्यो भनेर रुवावासी गर्ने प्रचण्ड। यिनका के कुरा गर्नु ? अझ प्रचण्डले अनलाइनखबरको पछिल्लो अन्तर्वार्तामा पश्चिमा शक्तिराष्ट्रले शेख हसिना वाजेदलाई कसरी बंगलादेशबाट लखेटे भन्नेबारे बेलीबिस्तार लगाए। यिनै प्रचण्डले पोहोर भदौ १२ गते संसद्मा उभिएर नेपाल बंगलादेश बन्न सक्छ भनेको यिनै कानले सुनेको हो। सुन्ने मान्छे हामी नै हौं, बदलिएका त प्रचण्ड मात्रै हुन्। पुराना हुन् या नयाँ– आफूलाई अभूतपूर्व रुपमा योग्य ठान्ने, विदेशीलाई दोषी देखाउने कुण्ठाले राष्ट्रवाद नै कुपोषित हुन लागिसक्यो। चुनाव त आउँछ जान्छ। हाम्रो नेतृत्वको इमानदारी कहिल्यै नफर्किने गरी बगेर नजाओस्। षड्यन्त्र सिद्धान्त सुन्दासुन्दा कान पाकिसके हाम्रा। ओलीजी, बालेनजी, प्रचण्डजी– यो षड्यन्त्र सिद्धान्त फिट्ने काम चाहिं भरत दाहाल र साध्यबहादुर भण्डारीलाई छाडिदिए हुँदैन ? कि म सौरभजीसँग आफैं कुरो गरुँ ? भैगो, यो काम टीकाराम यात्रीजीलाई छाडिदिउँ। यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? खुसी दुःखी अचम्मित उत्साहित आक्रोशित


Share this story

Read Original at onlinekhabar.com

Related Articles

onlinekhabar.comabout 20 hours ago
१० हजार मतको अन्तरमा गगन थापालाई हराउँछु – Online Khabar

Published: 20260221T151500Z

onlinekhabar.comabout 20 hours ago
जसको एजेन्डा प्रविधि , उही हो हाम्रो प्रतिनिधि

Published: 20260221T151500Z

onlinekhabar.com1 day ago
गगन दाइ हावाले पात हल्लाउँछ , पहाड होइन

Published: 20260221T053000Z

onlinekhabar.com1 day ago
स्याङ्जाका एमाले उम्मेदवारले सार्वजनिक गरे प्रतिबद्धता

Published: 20260221T053000Z

onlinekhabar.com2 days ago
१२ वर्षदेखि स्वतन्त्र उम्मेदवार : एक्लै घुमिरहेछन् मतदाताको घरदैलो

Published: 20260220T111500Z

onlinekhabar.com2 days ago
मधेशमा एमाले नेतृत्वको सरकार बनाउनु गल्ती थियो – Online Khabar

Published: 20260220T081500Z