NewsWorld
PredictionsDigestsScorecardTimelinesArticles
NewsWorld
HomePredictionsDigestsScorecardTimelinesArticlesWorldTechnologyPoliticsBusiness
AI-powered predictive news aggregation© 2026 NewsWorld. All rights reserved.
Trending
TrumpTariffTradeAnnounceLaunchNewsPricesStrikesMajorFebruaryPhotosYourCarLotSayCourtDigestSundayTimelineSafetyGlobalMarketTechChina
TrumpTariffTradeAnnounceLaunchNewsPricesStrikesMajorFebruaryPhotosYourCarLotSayCourtDigestSundayTimelineSafetyGlobalMarketTechChina
All Articles
नीतिगत प्रस्थानमा रास्वपाको १०० आधार , के छ बाचापत्रमा ? | Nepal first 24 - hour updated news portal
ratopati.com
Clustered Story
Published 3 days ago

नीतिगत प्रस्थानमा रास्वपाको १०० आधार , के छ बाचापत्रमा ? | Nepal first 24 - hour updated news portal

ratopati.com · Feb 19, 2026 · Collected from GDELT

Summary

Published: 20260219T103000Z

Full Article

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘नीतिगत प्रस्थानका १०० आधार’ सहित आफ्नो चुनावी बाचापत्र (घोषणापत्र) सार्वजनिक गरेको छ। बिहीबार सुर्खेतमा आयोजित एक विशेष समारोहका बीच पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह र उपसभापति स्वर्णिम वाग्लेसहितका शीर्ष नेताहरूले संयुक्त रूपमा बाचापत्र सार्वजनिक गरेका हुन्। फागुन २१ गतेपछिको सरकार र आगामी बजेटको स्पष्ट खाका प्रस्तुत गर्दै रास्वपाले मुलुकको अर्थतन्त्र र सुशासनमा आमूल परिवर्तन गर्ने उद्घोष गरेको छ। बाचापत्रको मुख्य बुँदा बाचन गर्दै उपसभापति डा. स्वर्णिम वाग्लेले अबको ५ देखि ७ वर्षभित्र नेपालको अर्थतन्त्रको आकार १०० अर्ब डलर (१०० खर्ब रुपैयाँभन्दा माथि) पुर्‍याउने महत्वाकांक्षी योजना प्रस्तुत गरे। सम्बोधनका क्रममा डा. वाग्लेले भने, ‘हामीले फागुन ३ गते नागरिकसँगको करारपत्र मार्फत हाम्रा लक्ष्यहरू सार्वजनिक गरिसकेका थियौं। आज फागुन ७ गते नीतिगत प्रस्थानका १०० आधारहरू पेश गरेका छौं। अब बन्ने सरकारले यिनै आधारमा टेकेर जेठ १५ को बजेट र नीति तथा कार्यक्रम ल्याउनेछ।’ रास्वपाले अर्थतन्त्र उकास्नका लागि ‘मिशन मोड’ मा काम गर्ने जनाएको छ। बाचापत्रमा स्थिर मूल्यमा वार्षिक कम्तीमा ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने र ५ देखि ७ वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय ३ हजार डलर (करिब ४ लाख रुपैयाँ) पुर्‍याउने लक्ष्य राखिएको छ। ‘विश्व बैंकको मापदण्ड अनुसार हामी अहिले निम्न आय भएको मुलुकमा छौं, अबको ५ वर्षमा हामी सम्मानजनक मध्यम आय भएको मुलुकको स्तरमा पुग्नेछौं,’ वाग्लेले दाबी गरे। बाचापत्रमा सुशासन र सेवा प्रवाहलाई उच्च प्राथमिकता दिइएको छ। सरकारी सेवामा ‘लाइन होइन अनलाइन’ भन्ने अवधारणा लागू गर्ने, न्याय सुधारमा मेरिटोक्रेसी (योग्यतातन्त्र) स्थापना गर्ने र दलमुक्त राज्य संयन्त्र निर्माण गर्ने प्रतिबद्धता रास्वपाले जनाएको छ। आर्थिक फड्को मार्न बाधक मानिएका दर्जनौं ऐन र नियमावलीहरू एकैपटक खारेज गरेर निजी क्षेत्रलाई लगानीको वातावरण बनाउने पनि पार्टीले घोषणा गरेको छ। उपसभापति वाग्लेले काठमाडौं महानगरपालिकामा स्वतन्त्र रूपमा जितेर स्थापित सत्तालाई चुनौती दिएका बालेन शाह अहिले रास्वपाको वरिष्ठ नेताका रूपमा जोडिँदा पुस्तान्तरणको राजनीति नयाँ चरणमा प्रवेश गरेको बताए। उनले भने, ‘काठमाडौंको मेयरका रूपमा बालेन शाहले देखाएको कार्यकुशलता र रवि लामिछानेले पार्टी निर्माणमा मोलेको जोखिमले आज वैकल्पिक शक्तिलाई एक ठाउँमा ल्याएको छ।’ रास्वपाले कृषि, पर्यटन, जलविद्युत र सूचना प्रविधि (आईटी) लाई अर्थतन्त्रको मुख्य खम्बा मान्दै कर्णालीका डाँडाकाँडा र फाँटहरूमा आर्थिक क्रान्ति ल्याउने सपना देखाएको छ। निजी क्षेत्रलाई ‘सरकारको ढोका चहार्नुपर्ने अवस्थाको अन्त्य गर्दै दैलोमै सरकार पुग्ने’ प्रत्याभूति दिलाइएको छ। अन्त्यमा, रास्वपाले अस्थिर राजनीतिको अन्त्य र सुशासनका लागि यसपटक घण्टी चुनाव चिह्नमा मतदान गरी स्पष्ट बहुमत दिन आम मतदातालाई आह्वान गरेको छ। खुद्रा सुधारले मात्रै नपुग्ने भन्दै राजकाजको जहाजलाई नै सही दिशामा मोड्न ५ वर्षको स्थिर सरकार आवश्यक रहेको नेताहरूले औंल्याएका छन्। छुटाउनुभयाे कि ?


Share this story

Read Original at ratopati.com

Related Articles

ratopati.com3 days ago
यस्तो छ रास्वपाको बाचापत्र ( पूर्णपाठसहित ) | Nepal first 24 - hour updated news portal

Published: 20260219T103000Z

ratopati.comabout 7 hours ago
चुनावी GROUND ZERO सुर्खेत – २ : बदलियो मतदाताको मन , नयाँतिर आकर्षण | Nepal first 24 - hour updated news portal

Published: 20260222T084500Z

ratopati.comabout 7 hours ago
निर्वाचनले परिर्वतनको अपेक्षा पूरा गर्नेछ : पूर्वप्रमुख निर्वाचन आयुक्त डा यादव | Nepal first 24 - hour updated news portal

Published: 20260222T084500Z

ratopati.comabout 15 hours ago
बजेट र जनशक्ति अभावले दोबागाउँ अस्पताल सञ्चालनमा आउन सकेन | Nepal first 24 - hour updated news portal

Published: 20260222T003000Z

ratopati.comabout 23 hours ago
निर्वाचन बिथोल्ने गतिविधि नगर्न वाइसिएलको आग्रह | Nepal first 24 - hour updated news portal

Published: 20260221T161500Z

ratopati.comabout 23 hours ago
राजनीतिक दलका चुनावी घोषणापत्रः निःशुल्क स्वास्थ्यमा जोड | Nepal first 24 - hour updated news portal

Published: 20260221T161500Z