NewsWorld
PredictionsDigestsScorecardTimelinesArticles
NewsWorld
HomePredictionsDigestsScorecardTimelinesArticlesWorldTechnologyPoliticsBusiness
AI-powered predictive news aggregation© 2026 NewsWorld. All rights reserved.
Trending
TrumpTariffTradeAnnounceLaunchNewsPricesStrikesMajorFebruaryPhotosYourCarLotSayCourtDigestSundayTimelineSafetyGlobalMarketTechChina
TrumpTariffTradeAnnounceLaunchNewsPricesStrikesMajorFebruaryPhotosYourCarLotSayCourtDigestSundayTimelineSafetyGlobalMarketTechChina
All Articles
सुर्खेत विमानस्थल विस्तार : सधैँ चुनावी मुद्दामै सीमित | Nepal first 24 - hour updated news portal
ratopati.com
Published 3 days ago

सुर्खेत विमानस्थल विस्तार : सधैँ चुनावी मुद्दामै सीमित | Nepal first 24 - hour updated news portal

ratopati.com · Feb 19, 2026 · Collected from GDELT

Summary

Published: 20260219T034500Z

Full Article

सुर्खेत । २०७४ सालदेखि नै प्रदेश र प्रतिनिधि सभाका उम्मेदवारको प्रमुख चुनावी एजेन्डा हुन्थ्यो- सुर्खेत विमानस्थल विस्तार । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरभित्र रहेको उक्त विमानस्थल साँघुरो हुँदा ठुला हवाईजहाजहरू बस्न नसक्ने, सुर्खेतको हवाई यातायात सर्वसाधारणको पहुँचमा नरहेकाले विस्तार तथा स्तरोन्नतिको कुरा उठ्दै आएको हो । यद्यपि अहिलेसम्म विमानस्थल विस्तार हुन सकेको छैन । बरु राजनीतिक दलहरूले विस्तारको कुरालाई राजनीतिको रोटी सेक्ने अस्त्र बनाइरहेको बताउँछन्, नाम उल्लेख नगर्ने सर्तमा वीरेन्द्रनगरका एक बुद्धिजीवी । ‘२०७७ मा विस्तार गर्ने भनेर जग्गा अधिग्रहणको काम अघि बढेको भनियो,’ ती बुद्धिजीवी भन्छन्, ‘त्यो बेला एउटा पक्षले कामै अघि बढ्न दिएन, २०७९ को चुनावमा त्यही पक्षले फेरि विस्तारको कुरालाई चुनावी एजेन्डा बनायो ।’ यद्यपि फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावमा भने विमानस्थल विस्तारको विषयले खासै प्राथमिकता पाएको देखिँदैन । फाट्टफुट्ट कतिपय ठाउँमा बोले पनि प्रायः उम्मेदवारले विमानस्थल विस्तारकै कुरालाई आफ्ना चुनावी प्रचारमा राखेका छैनन् । उसो त अहिलेसम्म धेरैजसो उम्मेदवारहरूले आफ्ना चुनावी घोषणापत्र ल्याएको अवस्था छैन । यद्यपि विगतमा जसरी चर्चा हुन्थ्यो, यो पटक त्यस्तो छैन । सुर्खेत-२ का नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार झकबहादुर मल्लले केही दिनअघि पत्रकार सम्मेलनमा अनौपचारिक तरिकाले केही प्रतिबद्धता भने । जसमा हरेक स्थानीय तहमा आईटी कलेजदेखि वीरेन्द्रनगरलाई आधुनिक सहरसम्म बनाउने कुरा छन् । एउटा बुँदामा मसिनो गरी सुर्खेत विमानस्थल विस्तारको कुरा समेटिएको छ । अन्य उम्मेदवारहरूले पनि १/१ पटक पत्रकार सम्मेलन गरे, तर विमानस्थल विस्तारको कुरालाई कतै आवाज उठाएनन् । सार्वजनिक कार्यक्रमहरुमा पनि उनीहरुले विमानस्थल विस्तारको कुरा बोलेको सुनिँदैन । नेपाली कांग्रेसबाट उम्मेदवार रहेका नारायण कोइराला, एमाले उम्मेदवार कुलमणि देवकोटा, रास्वपा उम्मेदवार रमेश सापकोटाले न विस्तारबारे कतै भाषण नै गरेका छन् न त आफ्ना चुनावी सामग्रीहरूमा प्राथमिकता नै दिएका छन् । कुनै बेला विस्तार कार्य अघि बढ्नै लाग्दा सहयोग नगरेको आरोप खेपेको एमालेले २०७९ को निर्वाचनमा विमानस्थल विस्तारको कुरालाई आफ्नो चुनावी एजेन्डा बनाएको थियो । हाल कर्णालीका मुख्यमन्त्री रहेका यामलाल कँडेलले प्रमुखताका यो विषय उठाएका थिए । तर त्यसअघि उनीमाथि विस्तारका क्रममा सहयोग नगरेको आरोप छ । जसमा विमानस्थलको उत्तरतिर विस्तार गरी धावनमार्ग ६ सय मिटर बढाउने गरी नक्सा तयार भएको छ । सोही अनुसार कार्यान्वयका लागि जग्गा रोक्काको प्रक्रिया समेत अघि बढ्यो । तर त्यो बेला सोही क्षेत्रका सांसद तथा तत्कालीन प्रतिपक्ष दलका नेता यामलाल कँडेलले सहयोग नगरेको त्यो बेला सरकारमा रहेका एक मन्त्री बताउँछन् । कर्णाली प्रदेश सरकारले ०७७ मंसिर अन्तिम साता सुर्खेत विमानस्थललाई ‘एप्रोच लाइट’ सुविधायुक्त विमानस्थलका रूपमा विकास गर्न दीर्घकालीन सोचसहित काम अघि बढाउने निर्णय गरेको थियो । झण्डै २ अर्ब बराबर रकम लाग्ने अनुमान गरिएको विमानस्थल विस्तार र स्तरोन्नति अन्तर्गत पहिलो चरणमा प्रदेश सरकारले ५० करोड र केन्द्र सरकारले ५१ करोड बजेट छुट्याे । विमानस्थल विस्तारका लागि संघीय र प्रदेश सरकारबिच समझदारीपत्रमा हस्ताक्षर समेत भइसकेको थियो । जसमा विमानस्थलको उत्तरतिर विस्तार गरी धावनमार्ग ६ सय मिटर बढाउने गरी नक्सा तयार भएको छ । सोही अनुसार कार्यान्वयका लागि जग्गा रोक्काको प्रक्रिया समेत अघि बढ्यो । तर त्यो बेला सोही क्षेत्रका सांसद तथा तत्कालीन प्रतिपक्ष दलका नेता यामलाल कँडेलले सहयोग नगरेको त्यो बेला सरकारमा रहेका एक मन्त्री बताउँछन् । उत्तरतर्फ विमानस्थल विस्तार गर्दा वीरेन्द्रनगर नगरपालिका १०, ११ र १२ वडाका करिब ९०० घरधुरीका साथै अमरज्योति विद्यालय समेत प्रभावित हुनेछन् । उक्त विद्यालयको व्यवस्थापन समिति अध्यक्ष अहिले एमाले नेता पूर्ण पौडेल छन् । उक्त क्षेत्रमा एमालेको प्रभाव बढी छ । त्यो बेला प्रतिपक्षमा रहेका कँडेलले सहयोग नगर्दा नै विस्तार कार्य रोकिएको तत्कालीन दुई मुख्यमन्त्रीहरु महेन्द्रबहादुर शाही र जीवनबहादुर शाहीको भनाइ छ । कँडेलले विस्तार कार्यको प्रक्रिया अघि बढ्दा पटक–पटक जनतालाई भेला गराएर छलफल समेत गरेका थिए । ठुलो विवाद नै सिर्जना हुने भएपछि वीरेन्द्रनगर नगरपालिकाले नै वैकल्पिक विमानस्थल खोज्नुपर्ने तर्कसहितको निर्णय गर्‍यो । जनताको प्रतिनिधित्व गर्ने भन्दै २०७७ माघ ५ गते नगरपालिकाले प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय र केन्द्रको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र नै लेख्यो । धावनमार्ग विस्तारको सम्बन्धमा सो क्षेत्रका स्थानीय बासिन्दाबाट विस्तार कार्य अघि नबढाउन अनुरोध भई आएको सम्बन्धमा सो क्षेत्रमा विमानस्थल विस्तारमा कठिनाइ देखिएकाले सुर्खेत जिल्लाको अन्य नयाँ वैकल्पिक स्थानमा विमानस्थलको खोजी गरी निर्माण गर्ने व्यवस्था हुन प्रदेश सरकार तथा संस्कृति, पर्यटन, नागरिक उड्डयन मन्त्रालयमा अनुरोध गर्ने निर्णय नगरपालिकाले गरेको थियो । त्यसपछि प्रदेश सरकारको नेतृत्वमा आएका जीवनबहादुर शाहीले स्थानीयको भनाइ अनुसार भनेर विस्तारको च्याप्टर ‘क्लोज’ गरिदिए । त्यसबेला वीरेन्द्रनगर नगरपालिका, स्थानीय जनता र उक्त क्षेत्रका प्रदेश सभा सदस्य रहेका कँडेलले सहयोग नगर्दा विस्तार कार्य रोकिएको दाबी त्यो बेला सरकारमा रहेका माओवादी र कांग्रेस नेताहरूको छ । यद्यपि एमालेले विस्तार कार्यमा जहिल्यै ढुलमुले राजनीति गरिरहेको बताउँछन् अन्य दलहरू । तर २०७९ को निर्वाचनमा सुर्खेत-२ (क) बाट पुनः उम्मेदवार बनेका यामलाल कँडेलले चुनावी प्रतिबद्धतामै विमानस्थल विस्तारको कुरालाई प्रमुख प्राथमिकता राखे । कांग्रेसका उम्मेदवार हृदयराम थानीले पनि चुनावी एजेन्डा मात्र होइन, विस्तारका लागि केन्द्रमा ठाउँ–ठाउँ धाए पनि । यद्यपि विस्तारका लागि आवश्यक बजेटको जोहो गर्न सकेनन् । क्षेत्र नम्बर २ मा अवस्थित विमानस्थल विस्तारमा विवादपछि २०७९ को चुनावपछि सुर्खेत-१ का सांसद पूर्णबहादुर खड्काले पूर्वी सुर्खेतको भेरीगंगाको रामघाटमा नयाँ विमानस्थल बनाउने गरी अग्रसर भए । नयाँ विमानस्थलको वातावरणीय प्रभाव मूल्याङ्कनका क्षेत्र निर्धारण प्रतिवेदन तथा कार्यसूचीमा नयाँ विमानस्थल बनेर सञ्चालनमा आएको खण्डमा वर्तमान विमानस्थललाई वन क्षेत्रको रुपका विकास गर्ने भनेर एक पत्र सार्वजनिक भयो । त्यसपछि प्रदेशको राजनीतिमा हलचल नै ल्याएको थियो । वीरेन्द्रनगर नगरपालिका, क्षेत्र नम्बर २ का प्रतिनिधि सभा तथा प्रदेशसभा सांसद, राजनीतिक दल तथा सरोकारवालाहरूबिच भएको सर्वदलीय, सर्वपक्षीय बैठकले २०८० पुसमा विस्तार कार्य अघि बढाउने भन्दै ६ बुँदे निर्णय गरेको थियो । यद्यपि, अहिलेसम्म विस्तारको कार्य अघि बढेको छैन । सुर्खेतको पूर्वी क्षेत्रमा नयाँ विमानस्थल बन्यो र अहिलेको विमानस्थललाई वन क्षेत्रका रूपमा प्रयोग गर्ने हो भने वीरेन्द्रनगर कमजोर हुने भन्दै उनै यामलाल कँडेल लगायत स्थानीय सरोकारवालाले विरोध जनाए । नयाँ विमानस्थलको अवधारणा अघि बढेपछि भने कँडेल सहित वीरेन्द्रनगरका सरोकारवालाहरू झस्किएर यही विमानस्थललाई विस्तार गर्नुपर्छ भन्न थाले । २०८० पुसमा वीरेन्द्रनगर नगरपालिकाले विमानस्थलबारे सर्वदलीय बैठक नै राख्यो । उक्त बैठकले अहिलेकै विमानस्थल विस्तारको विकल्प नरहेको निष्कर्ष निकाल्यो । वीरेन्द्रनगर नगरपालिका, क्षेत्र नम्बर २ का प्रतिनिधि सभा तथा प्रदेशसभा सांसद, राजनीतिक दल तथा सरोकारवालाहरूबिच भएको सर्वदलीय, सर्वपक्षीय बैठकले २०८० पुसमा विस्तार कार्य अघि बढाउने भन्दै ६ बुँदे निर्णय गरेको थियो । यद्यपि, अहिलेसम्म विस्तारको कार्य अघि बढेको छैन । सुर्खेत-२, (क) बाट प्रदेश सभामा निर्वाचित यामलाल कँडेल मुख्यमन्त्री बनेका छन् । तर उनले विमानस्थल विस्तारबारे खासै पहल गरेको देखिँदैन । प्रतिपक्षमा हुँदा कँडेलले सुर्खेतबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने कांग्रेस सांसद हृदयराम थानीका साथ केन्द्रमै पुगेर हारगुहार गरिरहेका थिए । प्रदेश सरकारको नेतृत्वमा आएपछि विमानस्थलबारे कँडेलले खासै चासो नदिएको चर्चा भइरहेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्यमा विमानस्थल विस्तारको विषय उठाए पनि बजेट अङ्क छुट्याएको छैन । बजेटको बुँदा नम्बर ७४ मा भनिएको छ, ‘संघीय सरकारसँगको सहकार्यमा विमानस्थल विस्तार तथा स्तरोन्नति गर्न आवश्यक बजेट व्यवस्था गरेको छु ।’ तर संघ र प्रदेश दुवैले विमानस्थल विस्तारका लागि बजेट छुट्याएनन् । वर्तमान विमानस्थलको उत्तरतर्फको धावनमार्ग एक हजार दुई सय ५५ मिटरको छ । धावनमार्ग साँघुरो हुँदा ठुला जहाज अवतरणमा समस्या छ । सुर्खेत विमानस्थलका प्रमुख हिराजन काफ्लेले विमानस्थल विस्तारबारे अहिले कुनै छलफल नभएको बताए । ‘अहिलेसम्म विस्तारबारे त्यस्तो कुनै औपचारिक पत्र तथा निर्णय हामीकहाँ आएको छैन,’ उनले भने । विमानस्थलकै एक अर्को अधिकारी भन्छन्, ‘गत वर्ष अलिअलि चर्चा थियो, मुख्यमन्त्रीदेखि केन्द्रीय सांसदहरु पनि लागेको जस्तो लाग्थ्यो, बजेट सुनिश्चित नभएपछि अहिले उक्त कुरा सेलाएजस्तै भयो ।’


Share this story

Read Original at ratopati.com

Related Articles

ratopati.comabout 7 hours ago
चुनावी GROUND ZERO सुर्खेत – २ : बदलियो मतदाताको मन , नयाँतिर आकर्षण | Nepal first 24 - hour updated news portal

Published: 20260222T084500Z

ratopati.comabout 7 hours ago
निर्वाचनले परिर्वतनको अपेक्षा पूरा गर्नेछ : पूर्वप्रमुख निर्वाचन आयुक्त डा यादव | Nepal first 24 - hour updated news portal

Published: 20260222T084500Z

ratopati.comabout 15 hours ago
बजेट र जनशक्ति अभावले दोबागाउँ अस्पताल सञ्चालनमा आउन सकेन | Nepal first 24 - hour updated news portal

Published: 20260222T003000Z

ratopati.comabout 23 hours ago
निर्वाचन बिथोल्ने गतिविधि नगर्न वाइसिएलको आग्रह | Nepal first 24 - hour updated news portal

Published: 20260221T161500Z

ratopati.comabout 23 hours ago
राजनीतिक दलका चुनावी घोषणापत्रः निःशुल्क स्वास्थ्यमा जोड | Nepal first 24 - hour updated news portal

Published: 20260221T161500Z

ratopati.com1 day ago
बंगलादेशको निर्वाचन – सडकको जोस र सत्ताको होस् | Nepal first 24 - hour updated news portal

Published: 20260221T073000Z