NewsWorld
PredictionsDigestsScorecardTimelinesArticles
NewsWorld
HomePredictionsDigestsScorecardTimelinesArticlesWorldTechnologyPoliticsBusiness
AI-powered predictive news aggregation© 2026 NewsWorld. All rights reserved.
Trending
TrumpTariffTradeAnnounceLaunchNewsPricesStrikesMajorFebruaryPhotosYourCarLotSayCourtDigestSundayTimelineSafetyGlobalMarketTechChina
TrumpTariffTradeAnnounceLaunchNewsPricesStrikesMajorFebruaryPhotosYourCarLotSayCourtDigestSundayTimelineSafetyGlobalMarketTechChina
All Articles
१२ बजे १२ समाचार : १२ वर्षपछि विश्वकपमा नेपाल विजयी , ७५ वर्षमा २८ प्रधानमन्त्री | Nepal first 24 - hour updated news portal
ratopati.com
Clustered Story
Published 5 days ago

१२ बजे १२ समाचार : १२ वर्षपछि विश्वकपमा नेपाल विजयी , ७५ वर्षमा २८ प्रधानमन्त्री | Nepal first 24 - hour updated news portal

ratopati.com · Feb 17, 2026 · Collected from GDELT

Summary

Published: 20260217T193000Z

Full Article

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. १२ वर्षपछि विश्वकपमा नेपाल विजयी टी–२० विश्वकपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले स्कटल्यान्डलाई ७ विकेटले पराजित गर्दै १२ वर्षदेखिको जितको खडेरी तोडेको छ । टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७० रनको प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४ बल बाँकी छँदै मात्र ३ विकेट गुमाएर लक्ष्य भेट्टायो । २. ७५ वर्षमा २८ प्रधानमन्त्री, कीर्तिमान बनाउने सूर्यबहादुर पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यकाल(पाँच वर्ष) पुरा गर्न चार पटक प्रधानमन्त्री बन्नु परेको गुनासो पोखे । सोमबार आफ्नो चुनावी क्षेत्र झापा–५ मा घरदैलो गर्ने क्रममा मतदाता समक्ष ओलीले गुनासो पोखेका हुन् । पटक पटक सरकारका प्रधानमन्त्री हुँदा के गर्‍यौ भन्ने मतदाताहरूले सोधेका प्रश्नको जवाफ दिन ओलीलाई हम्मेहम्मे परेको थियो । विगतको ६ वटा निर्वाचन आरामसँग भारी मतान्तरले जितेका उनलाई यसपालि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले चुनौती दिएपछि मतदाताको घरघर पुगेर गुनासा, समस्या सुन्ने काम गरिरहेका छन् । ३. नारायणगढ–बुटवल सडक विस्तार तीव्र पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तिम चरणमा पुगेको छ । आयोजनाको पछिल्लो विवरणअनुसार पूर्वी खण्डको भौतिक प्रगति ८० प्रतिशत र पश्चिम खण्डको ७७ प्रतिशत पुगेको छ । ४. बालेनको चुनाव प्रचार शैली फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले ४ गतेदेखि औपचारिक रूपमा चुनावी प्रचारप्रसार सुरु गरेका छन् । तर सामाजिक सञ्जालमा भने उम्मेदवारी दर्ता भएको दिन माघ ६ गतेदेखि नै प्रचारको बाढी छ । सामाजिक सञ्जाल फेसबुकमा धेरै फलोअर्स भएका राजनीतिकर्मीहरूले आफूले मन पराएका पार्टी र चुनाव चिह्न पनि प्रचार गरिरहेका छन्, तर ३५ लाखभन्दा बढी फलोअर्स भएर पनि आफ्नो फेसबुक पेजमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले भने आफ्नो पार्टी र चुनाव चिह्नको कुनै प्रचार गरेका छैनन् । यति मात्रै होइन, उनले आफ्नो पेजबाट आफैंलाई मतदान गर्न पनि भनेका छैनन् । ५. अस्थिर जितेन्द्र २०८१ असारमा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट टीका लगाएर एमालेमा प्रवेश गरेका जितेन्द्र देव पुनः नेपाली कांग्रेसमै फर्किएका छन् । सप्तरीमा एक कार्यक्रम आयोजना गरी उनलाई कांग्रेस जिल्ला सभापति रामदेव साहले पार्टी प्रवेश गराएका हुन् । एमालेमा प्रवेश गर्दा निकै प्रशंसा पाएका देव कम्युनिस्ट पृष्ठभूमिका हुन् । एमाले भ्रातृ संगठन प्रजातान्त्रिक राष्ट्रिय युवा संघबाट राजनीति यात्रा सुरु गरेका उनी २०५४ सालमा एमालेको केन्द्रीय सदस्य बनेका थिए । ६. ‘दुल्लु विद्रोह’की एक कमान्डरको निधन तत्कालीन नेकपा (माओवादी)ले थालेको १० वर्षे सशस्त्र युद्धताका भएको ‘दुल्लु विद्रोह’की कमान्डर कृष्णा शाहको निधन भएको छ । उनको ७६ वर्षको उमेरमा सोमबार मृत्यू भएको उनका छोरा नाता पर्ने भूपालविक्रम शाहले बताए । ७.रातोपाटी पडकास्ट ‘टक फर्वार्ड’मा प्रलोपा नेता सन्तोष परियार हाल प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को अध्यक्ष परिषद्का अध्यक्ष तथा प्रवक्ता रहेका सन्तोष परियारसँग आसन्न चुनाव, नेपाली राजनीति र समाज लगायत विषयमा केन्द्रित रहेर रातोपाटी पडकास्ट ‘टक फर्वार्ड’मा कुराकानी गरिएको छ । प्रस्तुत छ अन्तर्वार्ताको सम्पादित अंश (विस्तृत भिडियोमा हेर्न सकिन्छ) ः ८. चुनावी चर्चा प्रतिनिधि सभाको आसन्न निर्वाचनका कारण गण्डकीको हिमाली जिल्ला म्याग्दीको राजनीतिक वातावरण तातेको छ । उम्मेदवार गाउँ केन्द्रित हुँदा जिल्ला सदरमुकाम बेनी बजारमा भने खासै चहलपहल छैन । यद्यपि चुनावी चर्चा भने चलिरहेको छ । ९. बंगलादेशमा बीएनपी विजयी हुँदा किन हौसिए ओली र प्रचण्ड ? विद्यार्थी आन्दोलनको करिब डेढ वर्षपछि बंगलादेशमा हालै आम निर्वाचन भयो । निर्वाचनमा कुल ३०० मध्ये २१२ सिट जित्दै बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) विजयी भयो । यो दुई तिहाइ भन्दा बढी सिट हो । १०. रास्वपा करारपत्रको त्यो वाक्यांश: दोहोरो नागरिकता खुलाउन खोजेको हो ? राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आइतबार नागरिक करारपत्र सार्वजनिक गर्‍यो । वाचापत्र (रास्वपाको घोषणापत्र) जारी गर्ने तयारीमा रहेको उक्त पार्टीले यसको पूर्वसन्ध्यामा यसको मुख्य बुँदा (हाइलाइट)लाई समेटेर करारपत्र सार्वजनिक गरेको हो । ११. झापामा ओलीका यी हुन् ४२ प्रतिबद्धता नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ५ लाई केन्द्रित गरी ४२ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । १२. धर्मेन्द्र बास्तोलासहित २ जना पक्राउ नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोलालाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार उनलाई सुन्धाराबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले रातोपाटीलाई बताए । थप समाचारहरु:


Share this story

Read Original at ratopati.com

Related Articles

ratopati.comabout 7 hours ago
चुनावी GROUND ZERO सुर्खेत – २ : बदलियो मतदाताको मन , नयाँतिर आकर्षण | Nepal first 24 - hour updated news portal

Published: 20260222T084500Z

ratopati.comabout 23 hours ago
राजनीतिक दलका चुनावी घोषणापत्रः निःशुल्क स्वास्थ्यमा जोड | Nepal first 24 - hour updated news portal

Published: 20260221T161500Z

nepalnews.com1 day ago
Nepal News | Nepal First Online News Portal

Published: 20260221T101500Z

nepalnews.com1 day ago
Nepal News | Nepal First Online News Portal

Published: 20260221T054500Z

nepalnews.com3 days ago
Nepal News | Nepal First Online News Portal

Published: 20260220T014500Z

nepalnews.com4 days ago
Nepal News | Nepal First Online News Portal

Published: 20260218T161500Z