NewsWorld
PredictionsDigestsScorecardTimelinesArticles
NewsWorld
HomePredictionsDigestsScorecardTimelinesArticlesWorldTechnologyPoliticsBusiness
AI-powered predictive news aggregation© 2026 NewsWorld. All rights reserved.
Trending
FebruaryStrikesAnnouncesNewsDigestTimelineMilitaryEuropeanInfrastructureGovernmentDailyCrisisSafetyBankingMajorAnnouncementMondayMediaTensionsTrumpHealthClonidineNorthKorea
FebruaryStrikesAnnouncesNewsDigestTimelineMilitaryEuropeanInfrastructureGovernmentDailyCrisisSafetyBankingMajorAnnouncementMondayMediaTensionsTrumpHealthClonidineNorthKorea
All Articles
विमलेन्द्र निधि , धनुषा - ३ , नेपाली कांग्रेस , Nepal Election 2082
election.onlinekhabar.com
Published about 4 hours ago

विमलेन्द्र निधि , धनुषा - ३ , नेपाली कांग्रेस , Nepal Election 2082

election.onlinekhabar.com · Feb 23, 2026 · Collected from GDELT

Summary

Published: 20260223T031500Z

Full Article

२०६४ सालको संविधानसभा निर्वाचन जितेर संसदीय राजनीतिमा प्रवेश गरेका निधि कांग्रेसको महामन्त्री, उपसभापति हुँदै उपप्रधान तथा गृहमन्त्रीसम्मको जिम्मेवारी सम्हालिसकेका अनुभवी नेता हुन् । मधेशका हेभिवेट नेताको रूपमा चिनिने कांग्रेस नेता विमलेन्द्र निधि धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा उम्मेदवार बनेका छन् । २०६४ सालको संविधानसभा निर्वाचन जितेर संसदीय राजनीतिमा प्रवेश गरेका निधि कांग्रेसको महामन्त्री, उपसभापति हुँदै उपप्रधान तथा गृहमन्त्रीसम्मको जिम्मेवारी सम्हालिसकेका अनुभवी नेता हुन् । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा उनी सभापतिको उम्मेदवार थिए । पहिलो चरणमा सबैभन्दा बढी मत ल्याउने दुईजनामा आफू नपरेपछि उनले दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवालाई समर्थन गरे । धनुषाको नगराइन नगरपालिका–२ निवासी निधिको राष्ट्रिय राजनीतिमा उल्लेखनीय प्रभाव रहँदै आएको छ । गान्धीवादी नेता महेन्द्रनारायण निधिका पुत्र विमलेन्द्रले निधिको राजनीतिक यात्रा बाल्यकालदेखि नै सुरु भएको थियो । उनी १४ वर्षकै उमेरदखि विद्यार्थी राजनीति गरेका थिए । बीपी कोइरालाले उनलाई २०३६ सालको जनकपुर अधिवेशनमा २३ वर्षको उमेरमै नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष बनाएका थिए । त्यसबेला महेन्द्रनारायणका छोरा विमलेन्द्रलाई बीपीले अध्यक्ष बनाएको आरोप लागेको थियो । उनी बीपीले 'प्रोजेक्सन' गरेका नेताका रूपमा चिनिन्छन् । तर, नेविसंघको अध्यक्ष भएपछि उनले आफ्नो राजनीतिक प्रभावलाई देशव्यापी बनाए । २०३६ सालको जनमत संग्रहमा उनले हजारौँ युवा विद्यार्थीहरूको नेतृत्व गर्दै बहुदलको पक्षमा माहोल सिर्जना गरेका थिए । २०५१ सालको मध्यावधि निर्वाचनमा धनुषा–४ बाट पहिलो पटक सांसद चुनिएका निधि २०६४ र २०७० को दुवै संविधानसभा निर्वाचनमा धनुषा-३ बाट निर्वाचित भए । तर, २०७४ को प्रतिनिधिसभा निर्वाचनमा उनी राजपाका नेता राजेन्द्र महतोसँग २,९०३ मतान्तरले पराजित भए। २०७९ को निर्वाचनमा भने उनी समानुपातिक प्रणालीमार्फत सांसद बनेका थिए । बीपीले नेविसंघको अध्यक्ष बनाए पनि नेपाली कांग्रेसको राजनीतिमा निधि सधैं गिरिजाप्रसाद कोइराला र कोइराला धारको विपक्षमा रहे । उनी २०५३ को नवौं महाधिवेशनमा गिरिजाप्रसाद विरुद्ध सभापतिमा उम्मेदवारी दिएका चिरञ्जीवी वाग्लेको पक्षामा खुलेर लागेका थिए । त्यही महाधिवेशनबाट उनी कांग्रेसको केन्द्रीय सदस्य बन्न सफल भए । त्यसपछि निधि नेपाली कांग्रेस भित्र सभापति शेरबहादुर देउवाका अत्यन्त निकट र विश्वासपात्र रहँदै आएका थिए । पार्टी विभाजन हुँदा पनि उनी देउवाको पक्षमा उभिए । दुई कांग्रेसको एकता भएपछि उनी २०६३ सालमा पार्टीको महामन्त्री बनेका थिए । २०७५ को १३औं महाधिवेशनपछि उनी कांग्रेसको उपसभापति बनेका थिए । २०७८ सालमा भएको १४औँ महाधिवेसनमा भने निधि सभापतिको उम्मेदवार भएर तेस्रो बढी भोट ल्याए । त्यसपछि दोस्रो चरणको महाधिवेशन हुँदा उनले देउवालाई नै समर्थन गरेका थिए । २३-२४ भदौमा जेनजी आन्दोलनपछि कांग्रेसमा विशेष महाधिवेशनको माग भएकोमा निधि त्यसको विपक्षमा उभिएका थिए । तर विशेष महाधिवेशनबाट सभापति चुनिएका गगन थापाको कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिएपछि भने उनी आम चुनावको टिकट लिएर निर्वाचन क्षेत्रमा खटिएका छन् । उनले पार्टीको 'केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान'को प्रमुख हुँदा कांग्रेसका लागि ९ वटा नवीन अवधारणा (अहिंसा र शान्तिसहितको लोकतान्त्रिक समाजवाद) अघि सारेका थिए । राजकीय जिम्मेवारीका हिसाबले २०५२ सालमै सामान्य प्रशासन मन्त्री बनेका निधि २०५९ सालमा शिक्षा मन्त्री बनेका थिए । २०७० सालको चुनावपछि बनेको सुशील कोइराला नेतृत्वको सरकारमा उनी भौतिक पूर्वाधार मन्त्री बनेका थिए । त्यस्तै २०७३ सालमा कांग्रेस–माओवादी गठबन्धन बनाउन महत्वपूर्ण भूमिका खेल्दै उनी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका थिए । २०७४ वैशाख १७ गते तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रकरणमा असहमति जनाउँदै उनले गृहमन्त्री पदबाट राजीनामा दिएका थिए । २०६४ को संविधानसभा निर्वाचनमा निधिले नेकपा एमालेका उम्मेदवार हरिदेव मण्डललाई पराजित गरे । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा उनी एमाले नेतृ जुली महतोलाई पराजित गर्दै दोस्रो पटक संविधानसभा सदस्य बन्न सफल भए । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा भने निधि तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतोसँग पराजित भए । २०७९ को निर्वाचनमा भने निधि समानुपातिक प्रणालीमार्फत सांसद बनेका थिए । यसपटक उनी प्रत्यक्षमा चुनाव जितेर पार्टी भित्र र राष्ट्रिय राजनीतिमा प्रभुत्व पुनर्स्थापित गर्ने लक्ष्यसहित मैदानमा होमिएका छन् । शिक्षा स्नातकोत्तर संसदीय अनुभव ४ पटक सांसद निर्वाचित सरकारको अनुभव सामान्य प्रशासन मन्त्री (२०५२), शिक्षामन्त्री (२०५९), भौतिक पूर्वाधार मन्त्री (२०७०), उपप्रधान तथा गृहमन्त्री (२०७३)


Share this story

Read Original at election.onlinekhabar.com

Related Articles

election.onlinekhabar.com2 days ago
कुलमान घिसिङ , काठमाडौं - ३ , उज्यालो नेपाल पार्टी , Nepal Election 2082

Published: 20260221T053000Z

election.onlinekhabar.com2 days ago
केपी शर्मा ओली , झापा - ५ , नेकपा एमाले , Nepal Election 2082

Published: 20260221T021500Z

lagacetadesalamanca.esabout 1 hour ago
El Hospital , entre los 30 centros integrales del cáncer en Europa

Published: 20260223T063000Z

stiintasitehnica.comabout 1 hour ago
Lupta din Manchester : Familii și cercetători în fruntea bătăliei împotriva Sindromului Hunter

Published: 20260223T061500Z

sonin.mnabout 1 hour ago
Монголын анхны мэдээллийн сайт

Published: 20260223T061500Z

lavozdegalicia.esabout 1 hour ago
María , 33 años , trabaja en el equipo de Ángel Carracedo : « Ese momento de darle los resultados a una familia y explicarle adónde acudir no tiene precio »

Published: 20260223T061500Z