NewsWorld
PredictionsDigestsScorecardTimelinesArticles
NewsWorld
HomePredictionsDigestsScorecardTimelinesArticlesWorldTechnologyPoliticsBusiness
AI-powered predictive news aggregation© 2026 NewsWorld. All rights reserved.
Trending
IranMilitaryLabourStrikesTimelineFebruaryTargetingPartyNuclearDigestDroneTrumpSaturdayIranianCrisisGreenDiplomaticIsraelBorderPolicyFacesSignificantOperationsEscalation
IranMilitaryLabourStrikesTimelineFebruaryTargetingPartyNuclearDigestDroneTrumpSaturdayIranianCrisisGreenDiplomaticIsraelBorderPolicyFacesSignificantOperationsEscalation
All Articles
निर्वाचनमा सबैको अर्जुनदृष्टि आवश्यक
ehimalayatimes.com
Published about 5 hours ago

निर्वाचनमा सबैको अर्जुनदृष्टि आवश्यक

ehimalayatimes.com · Mar 1, 2026 · Collected from GDELT

Summary

Published: 20260301T010000Z

Full Article

प्रतिनिधिसभाको निर्वाचन अब चार दिनपछि सम्पन्न हुँदैछ । दलहरू आ-आफ्नो अभियानमा सक्रिय छन् र प्रचारप्रसार अन्तिम चरणमा पुगेको छ । १८ गते रातिदेखि मौनअवधि सुरु भई ४८ घण्टापछि मतदान हुनेछ । प्रचारको समय छोटिँदै जाँदा राजनीतिक गतिविधि झनै तीव्र बन्दै जानु स्वाभाविक हो । यतिबेला त्यही चरम सक्रियता देखिएको छ । मौनअवधिमा सार्वजनिक प्रचार निषेध भए पनि विभिन्न माध्यमबाट मतदातालाई प्रभावित पार्ने प्रयास हुने गरेको विगतका अनुभव छन् । फोन सम्पर्क, निकट सम्बन्धमार्फत मत तान्ने प्रयास, यहाँसम्म कि लेनदेनजस्ता गैरकानुनी गतिविधिका समाचारहरू अघिल्ला निर्वाचनहरूमा सुनिँदै आएका हुन् । कतिपय स्थानमा पैसा बाँड्दै गरेको अवस्थामा नेता फेला परेको, लखेटिएको वा रकम बरामद गरिएको घटनाले लोकतन्त्रको छविलाई धूमिल बनाएको थियो । यसपटक यस्ता गतिविधि दोहोरिन नदिनु नै सबैको चाहना र दायित्व हो । समयक्रमसँगै हाम्रो निर्वाचन अभ्यास परिपक्व बन्दै गएको छ । प्रारम्भिक चरणमा देखिने जुलुस, भित्तेलेखन, ठूला पोष्टर-ब्यानर, तुल, झण्डाको व्यापक प्रयोग जस्ता गतिविधि क्रमशः निषेधित हुँदै गएका छन् । चुनाव चिह्न अंकित टोपी, टिसर्ट, स्टिकर आदिको प्रयोगमा पनि नियन्त्रण लगाइएको छ । यसले निर्वाचनलाई बढी मर्यादित र व्यवस्थित बनाएको छ । झण्डै तीन दशकअघि प्रजातन्त्र पुनःस्थापना हुँदा जन्मिएको पुस्ता आज प्रौढ भइसकेको छ । शिक्षाको विस्तारसँगै राजनीतिक चेतना पनि बढेको छ । जनताले राजनीतिलाई नजिकबाट बुझ्न थालेका छन् । त्यतिबेला त्याग, जेल, निर्वासन र सर्वस्वहरण भोगेका इमानदार नेताहरूलाई सम्मानका साथ रोज्ने परम्परा थियो । समय बदलिएको छ, पुराना अनुहारहरू बिदा भइसकेका छन् र नयाँ नेतृत्व अगाडि आएको छ । अहिलेका धेरै युवा नेता शिक्षित र राजनीतिक रूपमा सचेत छन् । निर्वाचन आयोग अनुभवले परिपक्व बनेको छ । निर्वाचन सम्पन्न गराउने दायित्व बोकेको सरकार पनि प्रतिबद्ध देखिन्छ । तथापि, सरकार र आयोगको प्रयास मात्र पर्याप्त हुँदैन । लोकतन्त्रको वास्तविक मालिक नागरिक नै हुन् । मतदानको दिनसम्म फैलाइने अफवाह, शंका र अनर्गल हल्लाले वातावरण धमिल्याउने प्रयास भइरहेका छन् । यस्ता भ्रममा नपरी शान्त र विवेकपूर्ण ढंगले असल उम्मेदवार छनोट गर्नु आजको आवश्यकता हो । एक दिनको लोभ वा आवेगले गरिएको निर्णयले पाँच वर्षसम्म पछुताउनुपर्ने अवस्था आउनसक्छ । निर्वाचन सार्नुपर्छ भन्ने आवाज, बहिष्कार वा भाँड्ने चेतावनीजस्ता अभिव्यक्तिले लोकतान्त्रिक प्रक्रियालाई कमजोर बनाउँछ । पूर्वराजालाई सडकमा उतारेर आन्दोलन गर्ने हल्ला फैलाउनु वा अराजकता निम्त्याउने प्रयास गर्नु राष्ट्रहितविपरीत कदम हो । यस्ता अभिव्यक्तिले राजनीतिक वातावरण मात्र खलबल्याउँछ । शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित निर्वाचन सुनिश्चित गर्नु नै सबैको साझा लक्ष्य हुनुपर्छ । निर्वाचनलाई व्यवस्थित र मर्यादित बनाउन मतदाता, राजनीतिक दल, सुरक्षा निकाय र नागरिक समाज सबैले आ–आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नुपर्छ । गलत व्यक्तिलाई केवल भावनात्मक आग्रह, व्यक्तिगत नजिकोपन वा प्रलोभनका आधारमा विजयी गराइयो भने त्यसको परिणाम राष्ट्रले दीर्घकालसम्म भोग्नुपर्छ । भदौ २४ गते ‘जेन-जी’का नाममा अराजक तत्वहरूले देखाएको हिंसात्मक गतिविधिको स्मरण अझै ताजा छ । यस्ता तत्व पुनः सक्रिय नहोलान् भन्ने ग्यारेन्टी छैन । त्यसैले सतर्कता, संयमता र राजनीतिक परिपक्वता आवश्यक छ । २१ गतेको मतदान केवल अधिकारको प्रयोगमात्र होइन, भविष्यको दिशानिर्धारण गर्ने जिम्मेवारी पनि हो । लोकतन्त्रको बल जनताको विवेकमा निहित हुन्छ । शान्त वातावरणमा सम्पन्न, निष्पक्ष र विश्वसनीय निर्वाचनले नेपालको राजनीतिक परिपक्वताको परीक्षा पनि दिनेछ । त्यसैले अबको चार दिन र त्यसपछिको मतदान दिवसमा सबैको अर्जुनदृष्टि एउटै हुनुपर्छ- मर्यादित, शान्तिपूर्ण र निष्पक्ष निर्वाचनमार्फत योग्य नेतृत्वको चयन । यही बाटोले राष्ट्रलाई स्थिरता, सुशासन र समृद्धितर्फ डोर्‍याउनेछ । प्रतिनिधिसभाको निर्वाचन केवल संवैधानिक दायित्व पूरा गर्ने औपचारिक प्रक्रियामात्र होइन, यो राष्ट्रको राजनीतिक परिपक्वता, नागरिक चेतना र लोकतान्त्रिक संस्कारको वास्तविक परीक्षण हो । निर्वाचनको मिति नजिकिँदै जाँदा फैलाइने अफवाह, प्रलोभन, दबाब र अराजक गतिविधिका सम्भावनालाई समयमै चिर्दै शान्त, निष्पक्ष र विश्वसनीय वातावरण निर्माण गर्नु आजको प्रमुख आवश्यकता हो । लोकतन्त्रको सुन्दरता जनताको स्वतन्त्र निर्णयमा निहित हुन्छ । मतदाताले कुनै क्षणिक लाभ, भावनात्मक उत्तेजना वा व्यक्तिगत प्रभावमा नपरी विवेक, इमानदारी र राष्ट्रहितलाई केन्द्रमा राखेर निर्णय गर्नुपर्छ । किनभने मतदानको एक दिनको निर्णयले आगामी पाँच वर्षको राजनीतिक दिशा तय गर्छ । गलत छनोटले दीर्घकालीन अस्थिरता, अव्यवस्था र पछुतो निम्त्याउनसक्छ भने सही छनोटले स्थायित्व, सुशासन र विकासको ढोका खोल्नसक्छ । निर्वाचनलाई सफल बनाउन सरकार, निर्वाचन आयोग, राजनीतिक दल र सुरक्षा निकायको भूमिका महत्वपूर्ण भए पनि अन्तिम निर्णायक शक्ति नागरिकमै निहित हुन्छ । प्रत्येक मतदाता आफ्नो स्थानबाट जिम्मेवार, सचेत र सतर्क बनेमा मात्र निर्वाचनको सार्थकता स्थापित हुन्छ । लोकतन्त्रलाई बलियो बनाउने काम केवल नेताहरूको होइन, आमजनताको सक्रिय सहभागिताबाट मात्र सम्भव हुन्छ । यसैले अबको प्राथमिकता स्पष्ट हुनुपर्छ-निर्वाचनलाई कुनै बहाना, भ्रम वा उत्तेजनाले प्रभावित हुन नदिई मर्यादित र शान्तिपूर्ण ढंगले सम्पन्न गर्नु । योग्य, सक्षम र राष्ट्रप्रति प्रतिबद्ध नेतृत्वको चयन गर्नु । यही सचेत कदमले नेपालको लोकतान्त्रिक यात्रालाई सुदृढ बनाउँदै स्थिरता र समृद्धितर्फ अग्रसर गराउनेछ ।


Share this story

Read Original at ehimalayatimes.com

Related Articles

welt.deabout 1 hour ago
Steigende Klimaanlagen - Nutzung kann Klimawandel verschärfen

Published: 20260301T044500Z

aninews.inabout 1 hour ago
Several passengers stranded at Bengaluru Airport as Israel - Iran conflict disrupts flight operations

Published: 20260301T044500Z

birgun.netabout 1 hour ago
Halklar için tek çıkar yol antiemperyalist mücadele

Published: 20260301T044500Z

birgun.netabout 1 hour ago
Halklar için tek çıkar yol antiemperyalist mücadele

Published: 20260301T044500Z

birgun.netabout 1 hour ago
Halklar için tek çıkar yol antiemperyalist mücadele

Published: 20260301T044500Z

birgun.netabout 1 hour ago
Halklar için tek çıkar yol antiemperyalist mücadele

Published: 20260301T044500Z